Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

उपभोग्य सामानमा छुट दिइने

Published on 11:55:00 AM //

गगनशिला खड्का 
गुल्मी उद्योग वाणिज्य संघको पहलमा दसैँ-तिहार विशेष छुट योजनामा उपभोक्तालाई उपभोग्य सामान बिक्रीमा छुट दिइने भएको छ । साथै, प्रशासनको सहभागितामा बजार अनुगमन गरिनेछ ।

जिल्ला उपभोक्ता मञ्च, प्रहरी प्रशासन र गुल्मी उद्योग वाणिज्य संघको संयुक्त पहलमा छुट दिने निर्णय भएको हो ।
दसैँ-तिहार अवधिभर हरेक पसलमा सर्वसाधारणले देख्ने गरी मूल्यसूची टाँस्ने सहमति भएको गुल्मी उद्योग वाणिज्य संघका महासचिव कृष्णप्रसाद पोखरेलले बताए ।
दैनिक उपभोग्य वस्तुको आपूर्ति सहज बनाई कृत्रिम अभाव, कालोबजारी हुन नदिन सबै पक्षले सहयोग गर्ने बैठकमा सहमति भएको छ ।
त्यस्तै,  मासु व्यवसायी संघले सर्वसाधारण र होटललाई स्वस्थ र स्वच्छ मासु उपलब्ध गराउनेछन् ।
जिल्लाबासीलाई ढुवानी, यातायातमा पनि सहज सेवा उपलब्ध गराउन विभिन्न संघसंस्थाका प्रतिनिधिले ऐक्यबद्धता दर्शाएका छन् । जिल्लामा क्रियाशील विभिन्न राजनीतिक दल, उद्योगी व्यापारी, यातायात व्यवसायीलगायतले चाडपर्वमा कालोबजारीमाथि कारबाही, सहज यातायात सुविधा आदि क्षेत्रमा विशेष छुट उपलब्ध गराउने सहमति भएको छ ।
बैठकले दसैँ-तिहारका वेला यात्रु चापलाई दृष्टिगत गरी साधन थप गर्ने, यात्रुलाई सुविधा उपलब्ध गराउन पश्चिम नेपाल यातायात व्यवसायी, गुल्मी जिप व्यवसायी र रेसुंगा मिनी माइक्रो व्यवसायी समितिले प्रतिबद्धता व्यक्त गरेका छन् । त्यस्तै, सिन्डिकेटका कारण महँगो भाडा पर्ने भएकाले त्यस्तो व्यवस्था हटाउन जिल्ला प्रशासन कार्यालय रुपन्देही र सम्बन्धित निकायमा जानकारी गराउने निर्णय बैठकले गरेको बताइएको छ ।
जिल्ला प्रशासन कार्यालयमा बसेका विभिन्न संघसंस्थाका प्रतिनिधिले प्रमुख जिल्ला अधिकारी परशुराम अर्यालसमक्ष पर्वमा सर्वसाधारणका लागि सहुलियत उपलब्ध गराउन सहमत भएको गुल्मी उद्योग वाणिज्य संघले जनाएको छ ।

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग