Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

मरासिनी पुनः अध्यक्ष चयन

Published on 10:12:00 PM //

घनश्याम गौतम 
 रेसुङ्गा सुस्त मनस्थिति अभिभावक संघको दोस्रो साधारण सभाले पुर्व अध्यक्ष रघुनाथ मरासिनीलाई नै अध्यक्षमा चयन गरेको छ ।आगामी दुई वर्षका लागि चयन भएको कार्यसमितिको उपाध्यक्षमा उपाध्यक्षमा इश्वरीप्रसाद पौडेल, सचिव मेघलाल पाण्डे, सहसचिव मिना पन्थ, कोषाध्यक्ष उमानाथ पन्थी रहेका छन् । त्यस्तै सदस्यहरुमा चोमप्रसाद भण्डारी, रममणी पन्थी, ध्रुबप्रसाद पोखरेल, तारा पौडेल, कर्ण के.सी., पदमबहादुर जि.सी., विष्णुप्रसाद पन्थी,  रुपा भण्डारी, मित्रलाल भण्डारी र डिलबहादुर थापा चयन भएका छन ।
सभाको उद्घाटन सत्रका अवसरमा बोल्दै सुस्त मनस्थिति भएका बालबालिकाका अभिभावकहरुले राज्यले अपाङ्गलाई दिने भत्तामा सुस्त मनस्थितिलाई दोस्रो दर्जामा राख्ने गरी व्यवहार गरेको गुनासो गरेका थिए । हात खुट्टा चल्ने भएपनि उनीहरुको बोद्धिक विकास नहु“दा कुनै काम गरेर खान नसक्ने भएपनि त्यस्तालाई राज्यले ख र ग वर्गको भत्ता उपलब्ध गराउने गरेको अभिभावकहरुले बताए । उद्घाटन सत्रका अवसरमा प्रमुख अतिथि प्रमुख जिल्ला अधिकारी परशुराम अर्याल, विशेष अतिथि स्थानीय विकास अधिकारी दिपेन्द्रराज पौडेल, जिल्ला
शिक्षा अधिकारी चन्द्रकान्त भुसाल, नेकपा एमालेका उपाध्यक्ष मधुकृष्ण पन्त, पत्रकार महासंघका सभापति जनार्दन घिमिरे, उपल्लो तम्घास माविका व्यवस्थापन समिति अध्यक्ष विष्णुप्रसाद पन्थी, उत्पीडित समुदाय उत्थान केन्द्रका अध्यक्ष गणेश वि.क. लगायतले शुभकामना मन्तव्य व्यक्त ब्यक्क्त गरेका थिए ।

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग