Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

टिकटका लागि रातभरि लाइन

Published on 5:13:00 PM //

कृष्ण ज्ञवाली
यातायात व्यवसायीको एकाधिकारका कारण दसंैमा घर जाने यात्रुले एक महिनाअघि नै टिकट बुकिङमा चर्को शुल्कको मार खेप्नुपरेको छ ।  सीमित बसका कारण हुने यात्रुको चापलाई व्यवसायीले 'कमाउने' अवसरका रूपमा लिने गरेका छन् । पश्चिमाञ्चलका सार्वजनिक सवारीमा यो समस्या सबैभन्दा बढी देखिएको यात्रुको गुनासो छ ।

पश्चिमका टिकट काउन्टर रहेको गोंगबु बसपार्कमा यात्रुको भीड छ । टिकटका लागि मगलबार बिहानैदेखि नयाँ बसपार्कमा यात्रु थिए । पश्चिम नेपाल बस व्यवसायी संघले मात्रै बस सञ्चालन गरेको गुल्मी, अर्घाखाँची र बाग्लुङका यात्रु बढी समस्यामा छन् । तराई क्षेत्रको तुलनामा पहाडी जिल्लामा कम बस सञ्चालन हुने भएकाले टिकटको अभाव हुने गरेको व्यवसायीले बताए ।

पश्चिमाञ्चल, मध्यपश्चिमाञ्चल र सुदूरपश्चिमाञ्चलमा सार्वजनिक बससेवा सञ्चालन गरेका आधा दर्जन जति समितिले मंगलबारदेखि टिकट बुकिङ सुरु गरेका हुन् । सुरुकै दिन करिब २ हजार टिकट बिक्री भएको संघ सम्बद्ध कर्मचारीले जनाए । टिकट लिनका लागि यात्रुहरू सोमबार राति १२ बजेदेखि गोंगबु बसपार्कको टिकट काउन्ट अगाडि लाइनमा बसेका थिए ।

'रातभरि लाइनमा बसेर बल्लबल्ट टिकट पाइयो' अर्घाखाँची बल्कोटका रमेश अर्यालले भने, 'सजिलो सिट पाइएन, काउन्टरमै बढी पैसा तिर्नुपर्‍यो ।' टिकट काट्नेको अव्यवस्थित भीड हटाउन प्रहरीले पटकपटक बल प्रयोग गरेको थियो ।

संघको गोंगबुस्थित काउन्टरले मनपरी भाडा असुलेको यात्रुको गुनासो छ । अन्तिम गन्तव्य नपुग्नेका लागि पनि पूरा भाडा लिएको प्रति यात्रुले गुनासो गरेका हुन् । विद्यार्थीलाई समेत सहुलियत दिइएको छैन । काठमाडौंदेखि गुल्मीको तम्घास सम्मका लागि ६ सय भाडा तिर्नुपर्छ ।

व्यवसायीले साना तथा नयाँ गाडीलाई सञ्चालनमा रोक लगाएकाले समस्या भएको हो । यसले जोखिमपूर्ण यात्रालाई बढावा दिएको छ । टिकट नपाएका यात्रु कि छतमा कि कोचिएर जानुपर्ने छ । संघका अनुसार राजधानीबाट रुपन्देही, पाल्पा, गुल्मी, अर्घाखाँची, कपिलवस्तु र बाग्लुङका केही स्थानका लागि रात्री र दिवा गरी दैनिक ८० वटासम्म बस सञ्चालन हुने गरेका छन् । दसैंमा बस थपेर १ सय २० वटासम्म पुर्‍याउने तयारी भइरहेको छ । भैरहवामा मात्रै दैनिक पचास बस सञ्चालन हुन्छन् ।

पश्चिमका पहाडी जिल्लामा दैनिक चार/पाँचवटा मात्रै बस सञ्चालन हुने भएकाले यात्रुको भीड लाग्ने गरेको हो । काउन्टर प्रमुख लक्ष्मीबहादुर रोकाले यात्रुलाई टिकटको समस्या नहुने दाबी गरे । 'बस थपेर भए पनि सेवा दिने तयारीमा छौं,' उनले भने ।

नेपालगन्ज र बर्दियाको भेरी अञ्चल यातायात व्यवसायी समितिको काउन्टरमा भने मंगलबार अगि्रम टिकट काट्ने यात्रुको खास भीड थिएन ।  




Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग