Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

बिचल्लीमा परेकी युवतीलाई सहयोग

Published on 11:25:00 AM //

जबर्जस्ती करणी गरेर गर्भवती बनाउने युवक र उनको परिवार भागेपछि बिचल्लीमा परेकी सुत्केरी बालिकालाई गुल्मीका प्रमुख जिल्ला अधिकारी र नेपाल रेडक्रस सोसाइटी गुल्मीले आर्थिक सहयोग उपलब्ध गराएका छन् ।

प्रमुख जिल्ला अधिकारी परशुराम अर्यालले रु दुई हजार र नेपाल रेडक्रस सोसाइटीले सुत्केरीलाई आवश्यक पर्ने कम्बल, साडी, भाँडाकँुडा उपलब्ध गराएको छ भने उत्पीडित समुदाय उत्थान केन्द्रले बच्चालाई कपडा र पोषिलो खानेकुरा उपलब्ध गराएको छ ।


तेह्र वर्षीया बालिका सुत्केरी भएको समाचार प्रकाशन भएपछि अस्पतालमा जानेहरूले समेत सुत्केरी बालिका निर्मला नेपालीलाई सहयोग गर्नेक्रम जारी छ ।


जबर्जस्ती करणी गर्ने रामचन्द्र पाण्डे फरार रहेका छन् भने यता सुत्केरी निर्मला अस्पतालमै अलपत्र छन् । जिल्ला प्रशासन कार्यालयले भने पाँच दिनभित्र पाण्डे परिवारलाई खोजेर प्रशासनमा बुझाउन आज पाण्डेका मामा पोमलाल भण्डारीलाई निर्देशन दिएको छ ।


सो अवधिमा जिम्मा लिन नआए मानवाधिकारवादीसहित आफूहरू पाण्डेको घरमा जाने उत्पीडित समुदाय उत्थान केन्द्रका अध्यक्ष गणेश विश्वकर्माले बताउनुभयो ।सुत्केरीलाई तम्घासको होटलमा समेत बस्न नदिएपछि केही दिनसम्म अस्पतालमै संरक्षण दिने डा भेषराज पोखरेलले बताउनुभयो ।

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग