Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

माओवादी लडाकु जेल चलान

Published on 7:18:00 PM //

घनश्याम गौतम
चोरी तथा लुटपाटमा संलग्न भएको अभियोगमा पक्राउ परेका माओवादी लडाकुलाई जिल्ला अदालत गुल्मी  र जिल्ला प्रशासनले छुट्टाछुट्टै अभियोगमा पुर्पक्षका लागि जेल चलान गरेको छ ।

ग्वाघा गाविसका विभिन्न स्थानमा चोरी गर्दै हिंडेका झेलबाङ्ग–१ रोल्पाका राजन बुढामगर, सोही स्थानकै मनेन्द्र रोकामगर र खड्गकोट–५ गुल्मीका राजु बस्याललाई जेल चलान गरिएको हो । अदालतले डाँका चोरी र जिल्ला प्रशासनले हातहतियार तथा खरखजना मुद्धामा उनीहरुलाई जेल चलान गरिएको प्रहरीले जनाएको छ । जेल चलान हुने मध्ये बस्याल नवलपरासीको झ्यालटुङडाँडा स्थित चौथो डिभिजन क्याम्पसका सेक्सन कमाण्डर हुन भने मनेन्द्र रोकामगर वाईसिएलका कार्यकर्ता हुन् । बस्याललाई प्रहरीले बुटवलबाट, रोका मगर र बुढामगरलाई पर्वतको फलेबासबाट पक्राउ गरेको थियो ।
प्रहरीले फलेबासमा पक्राउ पर्नेबाट अमेरिकन पेस्तोल र अर्का लडाकुसंगबाट कटुवा पेस्तोल, रिभल्बर, चाईनिज पेस्तोल, ग्रिनेड दुई थान, गोली पाँच थान, कम्ब्याट ड्रेस बरामद गरेको थियो । उनीहरुसंगै ग्वाघा गाविसमा लुटपाटमा संलग्न हाडहाडे १ गुल्मीका सुरज भन्ने यमबहादुर खत्री, हाडहाडे–२ का सबिन भन्ने नेत्र भुसाल, अर्बेनी–३ गुल्मीका अनिल भन्ने खिमबहादुर बि.क., बाँझकटेरी –१ का टेकबहादुर खत्री, हवाङदी– ४ का भक्तबहादुर घर्ती मगर, बेगाखोला–४ म्याग्दीका बिशाल भन्ने इन्द्रबहादुर बि.क., रेसम–२ रोल्पाका सुमन राना सहित १३ जनाका नाममा वारेन्ट जारी गरिएको प्रहरी नायव उपरिक्षक पदमप्रसाद सुवेदीले बताए ।
अत्याधुनिक हतियार सहितको १३ जनाको टोलीले भदौ ८ गते ग्वाघा गाविसका भवानीप्रसाद गौचनको घरबाट ३ लाख नगद, तिन तोला सुन, मोवाईल सेट, नारायण थापाको घरबाट २२ हजार ७ सय नगद, चार तोला सुन, मोवाईल र रामअबतार थापाको घरबाट ६० हजार नगद, सुन र मोवाईल लुटेको थियो ।


Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग