सल्यानमा कुटिए गुल्मीका ब्यापारी
Published on
7:17:00 PM //
गुल्मी जिल्ला गौडाकोट गाविस-६ घुरेल्डाँडा घर भई विगत तीन वर्षेखि सल्यानमा कागती र काठको व्यापार गर्दै आएका ४१ वर्षीय राम हमाललाई वाईसीएलका कार्यकर्ताहरुले कुटपिट गरेका छन् ।
व्यापारी हमाललाई वाईसीएल कार्यकर्ताले कुटपिट गर्दै पार्टी कार्यालय पुर्याई डोरीले हात पछाडि बाँधी घँगारको लाठीले कुटपिट गर्दै सोही गाविस-८ माथिल्लोस्याला पुर्याई मजदूरहरूलाई सोधपुछ गर्दा मजदुरहरूले कुनै उजुरी नगरेको बताएपछि पनि पुन कुटपिट गर्दै पहिलेकै ठाँउमा पुर्याएको र उद्दारका लागिप्रहरी आएको थाहा पाएपछि छाडेर भागेको पीडितले बताए ।
घटनाको आधा घण्टापछि जिल्ला प्रहरी कार्यालयको टोली घटनास्थलमा पुगेपनि पीडकलाई पक्राउ गर्न भनेसकेनन् । पीडित हाल सेजवालटाकुरा गाविस-४ दुल्धारापोखरास्थित डेरामा आइ बसेका छन् । पीडकहरुकोखोजी कार्य भइरहेको प्रहरीले बताएको छ ।
0 प्रतिकृयाहरु