Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

छतमा यात्रा नगराउने

Published on 7:14:00 PM //

यात्रुको चापलाई ध्यान दिई पहाडी जिल्ला पाल्पा र गुल्मीमा सवारी साधन थप गरिने भएको छ । दसैंतिहारमा आवतजावत अत्यधिक हुने भएकाले यो समयमा ५० प्रतिशत सवारी थपिन लागेको हो ।
'अहिले जति सञ्चालनमा छन् कम्तीमा त्यत्ति नै थपिन्छ,' पश्चिम नेपाल बस व्यवसायी समिति प्रतिनिधि रामचन्द्र भुसालले भने, 'अत्यधिक चाप हुने घटस्थापनापछि हो । त्यसैले त्यस दिनदेखि नै थप्ने निर्णय भएको

छ ।' पश्चिम नेपाल बस व्यवसायी समितिले पाल्पा र गुल्मीका लागि ८० प्रतिशतसम्म क्यु थप्ने तयारी गरेको समेत उनले बताए ।

अहिले पाल्पाका लागि बिहानको ५ देखि नै हरेक २५ मिनेटमा बस छुटाउने गर्छ । तानसेनमा चल्ने थोत्रा बसका कारण यात्रुहरू गुल्मी जानेमा चढ्ने गर्छन् । 'अहिलेको अवस्थालाई मध्यनजर गरेर हामीले क्युलाई दोब्बर बनाउने निर्णय गरेको हो,' समितिका प्रतिनिधि भुसालले भने, 'बसको छतमा राख्नुपर्ने अवस्था हामीले सिर्जना गर्ने छैनांै ।' उनले आफ्नो समितिबाट सवारी साधन सञ्चालन गर्ने चालक, सहचालक र हेल्परलाई समेत यस विषयमा प्रशिक्षण दिइरहेको बताए । 

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग