Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

उपचारको अभावमा मृत्यु

Published on 1:25:00 AM //

ज्वरोको उपचार अभावमा छापहिले गाविसमा आइतवार एक महिलाको आइतवार मृत्यु भएको छ । ज्वरोका कारण सदरमुकाम तम्घासबाट ११ कोष पश्चिम छापहिले गाविस- ४ निवासी ७२ वषिर्या गोमती खड्काको मृत्यु भएको हो ।
लगातार एक सातादेखि ज्वरो आएपनि उपचार गराउन लैजाने कोही नभएपछि उनको मृत्यु भएको स्थानीय साबित्रा खड्काले बताईन ।
तीज भन्दा अगाडीदेखि नै ज्वरोले बिरामी परेकी उनका छोरा बुहारी गाउँमै भएपनि बृद्धा खड्का छुट्टै बस्दै आएकी थिइन् । खड्काको श्रीमानको समेत मृत्यु भैसकेको छ ।
खड्का ज्वरोले धेरै गलेको जानकारी पाएपछि स्थानीय बासिन्दाले आइतवार नै स्थानीय मेडिकलमा पुर्‍याएका थिए । तर मेडिकल पुर्‍याएको केही समयमै उनको मृत्यु भएको साबित्राले बताएकी छन् । 

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग