Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

रिभल्वरसहित पाँचजना पक्राउ

Published on 1:20:00 AM //

गुल्मी तम्घासबाट काठमाडौँतर्फ आइरहेको लु.१ ख ५९९७ नम्वरको यात्रुबाहक बसका कन्डक्टर गुल्मी जयटोल–७ बस्ने एम पोखरेलसहित ५ जनालाई रिभल्वरसहित प्रहरीले पक्राउ गरेको छ ।

उक्त बसलाई असोज ३ गते राति साढे १० बजे महानगरीय प्रहरी प्रभाग नागढुंगामा चेकजाँच गर्दा बसको डिक्कीबाट उक्त रिभल्वर र त्यसमा लाग्ने ५ राउण्ड गोली तथा बसको टिभी सोकेशभित्र रहेको झोलाबाट ७.६२ एम.एम.को ७ राउण्ड गोली सहितको म्याग्जीन फेला परेको थियो ।
यस सम्बन्धमा प्रहरीबाट अन्य थप अनुसन्धान भइरहेको छ ।

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग