Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

दशै तिहारमा पूर्ण शान्ति सुरक्षा र सुविधा हुने

Published on 9:34:00 PM //

भरत पाण्डेय
नजिकिँदै गरेको बडादँशै तथा शुभ दिपावलीमा गुल्मी जिल्लाबासीलाई हरेक क्षेत्रमा सजिलो बनाउन कुनै कसर बाँकी नराख्ने गुल्मीका सरोकारवालाहरुले प्रतिवद्धता जनाएका छन् ।
प्रमुख जिल्ला अधिकारी परशुराम अर्यालकेा अध्यक्षतामा आज जिल्ला प्रशासन कार्यालयमा बसेको बैठकमा यहाँका राजनैतिक दल उद्योगी व्यापारी यातायात व्याबसायी नागरीक समाज सुरक्षा निकाय तथा पत्रकार लगायतका सरोकारवालाहरुको बैठकले जनताको शान्ति सु-व्याबस्था दैनिक उपभोग्य बस्तु तथा अत्याबस्यक बस्तुको सहज आपूर्ति यातायातको सहज र सर्बसुलभ बनाउनको लागी सबै क्षेत्रमा सुधार गर्ने प्रतिवद्धता जनाएका हुन् ।
बैठकले दशै तिहारको अवसरमा आवतजावत गर्दा सवारी साधनको क्षमता भन्दा बढी यात्रुहरु नराख्ने यात्रुहरुको चापलाइृ ध्यान दिई सवारी साधन थप गर्ने यात्रुहरुको झिीटि गुण्टा झोलाहरुको अनावस्यक भाढा नलिने तथा हैरानी नपुर् याउनका लागी पश्चिम नेपाल यातायात व्याबसायी समिती गुल्मी जिप व्याबसायी समिती र रेसुङ्गा मिनी माईक्रो व्याबसायी समितीले व्याबस्था मिलाउने निर्णय गरकेाे छ । त्यस्तै बाहिर जिल्लाबाट सामान ढुवानी गर्दा आलोपालो प्रणलीले महँगो भाडा पर्ने भएकोले खुल्ला प्रतिस्पर्धात्मक प्रणलीको व्याबस्था गर्न जिल्ला प्रशासन कार्यालय रुपन्देही र सम्बन्धित निकायमा खवर गर्ने निर्णय गरेको छ । त्यस्तै गुल्मी उद्योग बाणीज्य संघको पहलमा दशैतिहार विशेष छुट योजनामा उपभोग्य सामान विक्री वितरण गर्ने तथा हरेक पसलमा सर्बसाधारणले देख्ने गरी मूल्य सूचि राख्ने निर्णय गरेको गुल्मी उद्योग बाणिज्य संघका महासचिव कृष्ण प्रसाद पोखरेलले बताउनुभयो । दैनिक उपभोग्य बस्तु तथा अत्याबस्यक बस्तुको आपूर्ति सहज बनाउनको लागी कृत्रिम अभाव कालो बजारी जम्माखोरी जस्ता गैर जिम्मेबारपूर्ण काम हुन नदिन सबै पक्षले सहयोग गर्ने र उपभोक्ता माच प्रहरी र गुल्मी उद्योग बाणीज्य संघले अनुगमन गर्ने निर्णय गरकेाे छ । स्वस्थ र स्वच्छ मासुको लागी मासु व्याबसायी संघले राम्रो व्याबस्था मिलाउनुको साथै होटलहरुमा उचित मूल्यमा स्वच्छ स्वस्थ ताजा खाना तथा आरामदायी बासको व्याबस्था होटल व्यबसायी माचले मिलाउने र राती १० बजेपछि मदिरा विक्री वितरणमा रोक लगाउने समेत निर्णय गरेको छ ।

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग