Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

फरार पाण्डे परिवार बिरुद्ध मुद्दा

Published on 9:21:00 PM //

घनश्याम गौतम
दलित किशोरीलाई बुहारी स्वीकार्नुपर्ने भएपछि परिवारै फरार भएका पाण्डे परिवार बिरुद्ध दलित अधिकारकर्मीहरुले जिल्ला अदालतमा मुद्धा दर्ता गरेका छन् ।

धुर्कोटबस्तुकी १३ बर्षिय दलित किशोरी निर्मला भन्ने चन्द्रिका नेपालीलाई अवैध गर्भधारण गराई फरार हुने धुर्कोटबस्तु–२ का टेमलाल पाण्डे, श्रीमति राधा देवि र उनका छोरा रामचन्द्र बिरुद्ध माना चामल र अंश दिलाई दिन माग गर्दै किशोरी चन्द्रिकाका नामबाट अधिकारकर्मीहरुले मुद्धा दर्ता गराएका हुन् । जिल्ला प्रशासन र प्रहरीले समेत खोजी गरिरहेका पाण्डे परिवारले गाउँमा रहेको घरजग्गा समेत बेचेर फरार भएका छन् । १३ वर्ष ७ महिनाकी किशोरी चन्द्रिकाले भने टेमलालका छोरा रामचन्द्रको शारिरीक सम्पर्कबाट रहेको गर्भबाट छोरी जन्माएकी छन् । अलपत्र परेकी बिपन्न परिवारकी किशोरीलाई खान बस्न समेत समस्या परेको छ ।
छोरालाई लिएर आउने भन्दै प्रशासनबाट तारेखमा छुटेका टेमलालले गाउँको जग्गा भदौ दोस्रो साता मालपोत कार्यालयबाट आफ्नै छोरीको नाममा पास गरेर गाउँबाटै फरार भएका थिए । फरार परिबारै बिरुद्ध बिक्रि गरिएको सम्पत्ति फिर्ता गराई अंश दिलाई पाउन माग गर्दै मुद्धा दर्ता गरिएको दलित महिला संघकी अध्यक्ष कमला बरालले बताईन ।


Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग