Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

नार्डेक अध्यक्षमा कुँवर

Published on 12:32:00 PM //

घनश्याम गौतम
एचआईभी एड्स रोकथाम तथा नियन्त्रण र दलित तथा विपन्न समुदायमा आयआर्जन सम्बन्धि काम गर्दै आएको राष्ट्रिय ग्रामिण तथा सामुदायीक विकास केन्द्र (नार्डेक)को अध्यक्षमा रेशम कुँवर निर्विरोध निर्वाचित भएका छन् ।

संस्थाको चौथो साधारण सभाले अध्यक्षमा कुँवर सहित सदस्यमा लोकनाथ आचार्य, ढालबहादुर पछाई, झविलाल वि.क., हिमकला राना, शान्ती
नेपाली, साबित्रा के.सी.लाई निर्विरोध चयन गरेको छ । समितिका अन्य दुई सदस्य सहित जिम्मेवारी कार्यसमितिले बाँडफाँड गर्ने सदस्य लोकनाथ आचार्यले बताए ।

संस्थाले ग्लोबल फण्डको आर्थिक सहयोग र सेभ द चिल्ड्रेनको प्राविधिक सहयोगमा जिल्लाका १५ गाविसमा एकिकृत एचआईभी एड्स रोकथाम तथा सहयोग र हेरचाह कार्यक्रम, एशियाली विकास बैंकको सहयोगमा समुदायमा आधारित खानेपानी तथा सरसफाई कार्यक्रम, बालबालिकाहरुका लागि पुनः स्थापना तथा सहयोग कार्यक्रम र दलित तथा विपन्न वर्गका समुदायमा आयआर्जन सम्बन्धि काम गर्दै आएको छ ।

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग