Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

बास बसेको घरबाटै चोरी

Published on 12:14:00 PM //

गुल्मी जिल्लाका विभिन्न स्थानमा लुटपाट बढेको छ । भनभने गाविस-७ मा बास बस्न आएका व्यक्तिले राती चोरी गरेर भागेका छन् भने बडागाउँ गाविसमा रातको समयमा पसलमा चोरी भएको छ । भनभने गाविस-७ मा टेकबहादुर सेनको घरमा राती बास बसेका अपरिचित व्यक्तिले सुतेकै कोठामा राखिएको बाकस फोरेर आधा तोला सुनका लुर्का र पानी खान दिएको काँचको आम्खोरा नै लिएर भागेको पीडित बसन्ता सेनले बताईन । त्यस्तै बडागाउँ गाविस-६ ठुलापोखरामा माधव एण्ड कमला स्टोरमा राती पसल फोरेर नगद तथा जिन्सी गरी १ लाख बराबरको चोरी भएको छ ।
पसलबाट चोरिएका केही कपडाहरू नजिकैको जंगलमा फेला परेपनि नगद र चोरी गर्ने समुह फेला नपरेको पसल संचालक हुतानन्द घिमिरेले बताए । बडागाउँ गाविसमा चोरी गर्ने समुहको वामी प्रहरी चौकी र भनभनेमा चोरी गर्नेलाई पुर्कोट इलाका प्रहरी कार्यालयले खोजी गरिरहेको प्रहरीले जनाएको छ ।

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग