Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

महानवमी, पञ्चवली र पूजाअर्चना गरी मनाईदै गगनशिला खड्का

Published on 1:12:00 PM //

 गुल्मी ३० असोज । बडादसैँको नवौँ दिन शनिबार गुल्मी जिल्ला लगायत नेपालभर शक्तिस्वरूपा दुर्गा भवानीको पूजा आराधना गरी महानवमी पर्व मनाईएको छ ।
घटस्थापनाका दिन आ–आफ्ना घरमा विधिपूर्वक राखिएको
जमरा महानवमीका दिन विभिन्न शक्तिपीठमा चढाइने तथा दसैँघर र को
तलगायत विभिन्न देवीका मन्दिर र विशेष पूजाअर्चना र सप्तशती पाठ गरेर
महानवमी मनाईएको छ ।
बडादसैँको नवौँ दिन महानवमीका दिन आज गुल्मी लगायत दे
शभरका शक्तिठि, दुर्गा भवानीको मन्दिरहरुमा पुजा आजा र दर्शन गर्नेहरु
को घुईचो लागेको थियो । घटस्थापनाका दिन आ–आफ्ना घरमा विधिपूर्वक र
ाखिएको जमरा महानवमीका दिन विभिन्न शक्तिपीठमा चढाउन र भाकल पूरा
गर्न शक्तिपिठहरुमा दर्शनार्थीहरुको भिड लागेको हो । यस उपलक्ष्यमा आज
दसैँघर र कोतलगायत विभिन्न देवीका मन्दिर र विशेष पूजाअर्चना र सप्तशती
पाठ भैहरहेको छ । पुराणअनुसार महानवमीका दिन चामुण्डादेवीले रक्तबीज
असुरको संहार गरेकाले यस पर्वलाई विशेष महत्वका साथ लिइन्छ । यस पर्वमा
कोतघरहरू मा हर्षबढाइँका साथ कोतपूजा र निशानपूजा पनि गरिन्छ ।
आज गुल्मी जिल्लामा धुर्कोट् रजस्थलमा रहेको कोत, ईस्मा, चारपाला,
मुसिकोट, चन्द्रकोट, र वामीकोट लगायतका कोतघरहरु तथा तम्घास धागीथुम
भगवती मन्दिर, तम्घासस्थान भगवती मन्दिर, अर्जुन डाँडाको अर्जुन भगवती
मन्दिर, खानीगाउँ, भुजेलखर्क तथा टुनीखोला भगवती, धुर्कोट्को कालीका
र देविस्थान, अर्जेको पोखराबारी, अर्वाबाङ्गकोट, मर्भुङ्गकोट तथा घमिरको
खड्गछत्रकोटमा कोतघरहरुमा नवदुर्गा लगायतका दुर्गा भगवती तथा खड्ग मन्दिर
हरुमा विशेष पुजाआजा भईरहेको छ । यस्तै जुनियाको भयर्देव कोतघर, रुपाको
टको खड्गकोट, जुहाङ्गको भगवती, बम्घाको भयर्देव, दिगामको खड्गको
ट, हुँगाको खड्ग, लिम्घाको भयर्देवकोत लगायतका कोतघरमा पनि पुजाआजा
भएको थियो । पूजाआजा र दर्शनको लागी मन्दिर तथा कोतहरुमा पुगेका जाने
आउने दर्शनार्थीहरु अहिले घुईँचो लागीरहेकोले गाँउँघरका बाटोटाटो
र कोत तथा मन्दिरहरु रंगीचँगी देखिएका थिए ।

आजको दिन विभीन्न भाकल गर्ने तथा यस अघिका भाकलहरु पूरा गर्न
पञ्चवली, परेवा तथा भेटी चढाएमा नवदुर्गाले आफ्नो मनोकाँक्षा पूर
ा गर्ने विस्वासका आधारमा आज धेरै शक्तिपिठहरुमा पूजाआज गरीन्छ ।
पशुवली नदिने तथा शाकाहारीहरुले कुभिण्डो, काँक्रो, नरिवल चढाउने,
परेवा, भेटी तथा धुप ध्वजाहरु चढाउने र भाकल पूरा गर्ने गर्दछन् ।

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग