Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

गाउँमा एम्बुलेन्स किन्न महायज्ञ

Published on 1:10:00 AM //

 गगनशिला खड्का
गुल्मी ३० असोज । गाउँमा एम्बुलेन्स किन्नको लागी गुल्मीको रीडिका स्थानिय बासीन्दाले नवाह महायज्ञ सञ्चालन गरीरहेका छन् ।
औषधिउपचारको लागी सुविधा सम्पन्न अस्पत्ताल पनि टाढा भएको र गाउँमै
एम्बुलेन्स नुहँदा विरामीको उपचारमा समस्या र ज्यानै समेत जाने जोखिम
बढेपछि रुरु ७ भड्कुवाका स्थानिय बासीन्दा महायज्ञ गरेर रकम संकलन गरी
एम्बुलेन्स किन्न कस्सिएका हुन् ।
बडादँशैको फूलपाती देखि शुरु भई कार्तिक ५ गतेसम्म चल्ने नवाह
महायज्ञमा संकलित रकमबाट एम्बुलेन्स खरीद गरीने भड्कुवा विकाश समितीका
फर्सुराम ज्ञवालीले बताउनुभयो ।

भड्कुवाको डाडीपोखरीमा सञ्चालन भैरहेको महायज्ञमा श्रीमत् दे
विभागवत कथा प्रवचन भैरहको छ । यो उत्सवमा साँस्कृतिक कार्यक्रम समेत भैर
हेकोले यस उत्सवले ऐतिहासिक तस्तावेज तयार गर्ने अध्यक्ष हेमलाल ज्ञवालीले
बताउनुभयो ।

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग