Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

सराँय नाच हेरेपछि झडप

Published on 9:03:00 PM //

टेकनारायण भट्टराई
गुल्मी वलिथुम गाविसमा वडादशैंको अवसरमा आयोजित सराँय नाच हेरेर फर्केका युवाबीच झडप हुँदा ४ घाइते भएका छन्।
घाइतेमध्ये एकको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। सराँय नाचमा शत्रुमाथि तरवार प्रहार गर्ने र आत्मरक्षा गर्ने कलाबाजी देखाइएको थियो।

तरवार चलाउने कलाबाजी हेरेर फर्केका युवाबीच उस्तै भाँतीमा घरेलु हतियार सहित झडप भएको प्रत्यक्षदर्शीले बताए।

घाइते हुनेहरुमा बलिथुम गाविस -५ अर्दिका डिलवहादुर माचकोटी र यमवहादुर माचकोटी, वलिथुम-६ का श्रीबहादुर माचकोटी र डिलवहादुर माचकोटी रहेका स्थानीय गंगु कुँवरले बताए। घाइते मध्ये डिलवहादुरको अवस्था गम्भीर रहेको छ। उनको जिल्लामा उपचार हुन नसकेपछि उपचारका लागि बुटवल लगिएको छ। उनको टाउको र शरीरमा चोट लागेको छ।

वलिथुम गाविसको उज्याला देवी मन्दिरको कोटघरमा आयोजित सराँय नाँच हेरेर फर्कने क्रममा पिपलपोखरा भन्ने स्थानमा दुई पक्षका युवाबीच झडप भएको थियो।

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग