Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

प्रदेश विभाजन विषयलाई राजनीतिक दलले बङ्गयाउन थाले: थापा

Published on 1:04:00 PM //

पी.एम.मगर
नेपाल मगर संघका केन्द्रीय अध्यक्ष झकवहादुर थापा मगरले स्वायत्त प्रदेश विभाजनको विषयमा राजनीतिक दलहरुले अलमल गरिरहेको वताउनुभएको छ ।

यही मंसीर २५ गते हुन गईरहेको मगरात स्वायत्त प्रदेश घोषणाको तैयारीको लागी आयो जना गरिएको नेपाल मगर संघ, लुम्विनी अञ्चल समन्वय समितिको वैठकमा सहभागी हुन गुल्मीको सदरमुकाम तमघास आईपुग्नु भएका केन्द्रीय अध्यक्ष मगरले यस्तो वताउनुभएको हो । उहांले राजनीतिक दलहरु स्वायत्त प्रदेश विभाजनमा गम्भिर नभएको, उल्टै स्वायत्त प्रदेशको विषयलाई वङ्गयाउन थालेको आरोप लगाउनु भएको छ । अध्यक्ष मगरले आउंदो मंसिर २५ गते पाल्पा जिल्लाको सदरमुकाम तानसेनमा मगरात क्षेत्र तथा सिमाङ्कनको घोषणा सभा गर्ने वताउनुभएको छ ।
अव वन्ने नयां संविधानमा संपुर्ण मगरहरुको सुनिश्चताको लागि लामो समयदेखि मगर संघले आन्दोलनका कार्यक्रमहरु गर्दै आएको वताउंदै अध्यक्ष मगरले मंसिर २५ को दिनलाई पनि मगरहरुको महान दिनको रुपमा आत्मसाथ गरी त्यसको तैयारीको लागि सवै लाग्न आग्रह समेत गर्नुभएको छ । उहांले अहिले पनि केही पक्षहरुले वुझेर पनि नवुझै गरी स्वायत्त प्रदेशको वारेमा गलत प्रचार प्रसार गरिरहेको वताउनुभयो । उहांले मगरात प्रदेशको घोषणा गर्दैमा अन्य जातीहरुको मौलिक अधिकार खोसिन्छ भन्ने हल्लाको पछाडी नलाग्न आग्रह गर्नुभएको छ । विभिन्न मुलुकको उदहारण दिंदै अध्यक्ष मगरले स्वायत्त प्रदेशले मुलुकलाई टुक्रयाउने होईन थप शसक्तिकरण गर्ने वताउनुभयो ।
अञ्चल समन्वय समितिको वैठकमा केन्द्रीय सदस्य तथा लम्विनी अञ्चल इन्चार्ज वालसिंह काउछा, मगर युवा संघका केन्द्रीय सदस्य तथा पाल्पाका प्रतिनिधी मोहनसिंह थापा मगर, गुल्मीका अध्यक्ष श्रीप्रसाद भलामी मगर, रुपन्देहीका अध्यक्ष क्याप्टेन यमवहादुर थापा मगर, कपिलवस्तुका जिल्ला सचिव टोपवहादुर थापा मगर, नवलपरासीका वलवहादुर पुन मगर, गुल्मीका कोषाध्यक्ष हिरासिंह सराङ्गकोटी मगर, नेपाल महिला मगर संघ गुल्मीकी अध्यक्ष कमला पुन लगायतको उपस्थिति रहेको थियो ।

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग