Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

सवारी दुर्घटनामा ३ जना घाईते

Published on 6:47:00 PM //

 गगनशिला खड्का
गुल्मीमा सोमबार भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा ३ जना घाईते भएका छन् ।
तम्घास तनसेन सडक खण्डको बलेटक्सारमा दिउँसो करीव २ बजेतिर भएको सवारी दुर्घटनामा २ जना घाईते भएका छन् । बुटवलबाट गुल्मीको तम्घासतर्फ आउँदै गरेको लु १ ज १७५४ नम्बरको जिप र तम्घासबाट रीडीतर्फ जाँदै गरेको लु ७ प ४७८५ नम्बरको मोटरसाईकल एक आपसमा ठोकिँदा गुल्मीको जुहाङ्ग गाविस २ का २५ वर्षिय गोकुल पन्त र सोही ठाउँ निवासी १९ वर्षिय भुवन भण्डारी घाईते भएका छन् ।
घाईतेहरुलाई उपचारका लागी पाल्पा मिसन अस्पत्ताल पठाईएको श्रृङ्गा प्रहरीचौकीले जनाएको छ । यसैविच तम्घास ७ उपल्लो तम्घासमा मोटरसाईकलको ठक्करबाट एक बालक घाईते भएका छन् । उपल्लोतम्घासको बिध्युत रोडमा नम्बर नखुलेको मोटरसाईकलको ठक्करबाट ८ वर्षिय आषिश सुनार घाईते भएका हुन् । टाउकोमा गम्भिर चोट लागेका उनको पाल्पा मिसन अस्पत्तालमा उपचार हुन नसकेपछि बुटवल पठाईएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग