Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

जिप दुर्घटनामा आठ घाइते

र्वत- पर्वतको दुर्लुङ गाविसमा गएराति भएको जिप दुर्घटनामा आठ यात्रु घाइते भएका छन्। कुस्माबाट दुर्लुङतर्फ जाँदै गरेको ध१ख ४७४ नम्बरको जिप दुर्लुङ–४ सल्यानमा दुर्घटना भएको हो।
दुर्घटनामा परी घाइते हुनेमा शिवालय–६ का २८ वर्षीय जयबहादुर पुन, दुर्लुङ–५ की २७ वर्षीया माया सार्की, सोही ठाउँकी २७ वर्षीया गङ्गाकुमारी सार्की, दुर्लुङ–८ का ४५ वर्षीय मनकुमार थापा, दुर्लुङ–७ का इमान गुरुङ, सोही ठाउँका २३ वर्षीय रोशन सुनार, दुर्लुङ–४ का ४८ वर्षीय नेत्रप्रसाद शर्मा र सोही ठाउँका ३४ वर्षीय हरि क्षेत्री रहेका छन्।
घाइतेमध्ये इमान गुरुङ र हरि क्षेत्रीलाई थप उपचारका लागि पोखरा पठाइएको छ। अन्य घाइतेको पर्वत जिल्ला अस्पतालमा उपचार भइरहेको छ। जिपका चालक दिलबहादुर गुरुङ अहिले प्रहरी नियन्त्रणमा छन्। उनी स्थानीय जनताको कुटपिटबाट सामान्य घाइते भएको प्रहरीले जनाएको छ। बाटोमा रहेको ढुङ्गा छलेर अघि बढ्ने क्रममा गाडी सडकबाट १० मिटर तल खसेको बताइएको छ। रासस

जहाज दुर्घटना मृत्‍यु हुने १८ जनाकै शब सन्धिखर्क ल्याईयो, काठमाडौं ल्याईदै

अर्घाखाँची- नेपाल वायु सेवा निगमको ट्विनअटर विमान अर्घाखाँचीको खाँचीकोट १ मसिने लेकमा फेला परेको छ। दुर्घटनास्थलमा १८ जनाकै शव क्षतविक्षत अवस्थामा भेटिएको थियो। हिमपातले शवहरु पुरिएका थिए। अहिले घटनास्थलबाट ९ जनाको शव अर्घाखाँचीस्थित आर्मी क्याम्पमा ल्याइको छ। अर्को लटमा बाँकी ९ जनाको शव क्यम्पमा ल्याइनेछ। सबै शव जम्मा गरेर आर्मीको हेलिकप्टरबाट काठमाडौं ल्याउने तयारी गरेको पाल्पाबाट टेकनारायण भट्टराईले जनाएका छन्। 

अप्डेट: पोखराबाट १८ जनासहित जुम्ला उडेको जहाज मसिनेलेकमा दुर्घटना भएको पुष्टि

५ फागुन, काठमाडौं । आइतबार दिउँसोबाट हराएको नेपाल वायु सेवा निगमको ट्वीनअटर विमान अर्घाखाँचीको ढिकुरा गाविसको ८ मसिनेलेकमा दुर्घटना भएको पुष्टि छ ।
घटनास्थल पुगेका प्रहरी निरीक्षक गोविन्द पन्थीले विमान दुर्घटनाग्रस्त अवस्थामा भेटिएको अनलाइखबरलाई बताएका छन् । सेना, प्रहरी र सशस्त्र प्रहरीको टोलीको उद्दार सुरु गरेको छ । घटनास्थलमा रहेका सशस्त्रका प्रहरी निरीक्षक किरण खत्रीले पश्चिम क्षेत्र शसस्त्र प्रहरी बल मुक्तिनाथ बाहिनीका बाहिनीपति डीआईजी नारायणबाबु थापालाई दिएको जानकारी अनुसार १८ जनाको शव भेटिएको छ । केहीको शव भने पहिचान हुन सक्ने अवस्थामा रहेको थापाले बताए ।
दुर्घटनास्थल करिब सात हजार फिट उचाईमा रहेको नेपाली सेनाले जनाएको छ ।
डाँडामा ठोकिएर दुर्घटना भएको अनुमान गरिएको विमानका टुक्रा र मृतकको शवका टुक्रा २/३ सय मिटर वरपर भेटिएका छन् ।स्थानीयबासीले सोमबार विहान मसिनेलेकमा विमान दुर्घटना भएको खबर गरेपछि प्रहरी टोली गएको थियो । यसअघि खिदिममा दुर्घटना भएको भनिएको थियो ।
काठमाडौंबाट पोखरा हुँदै जुम्लाका लागि उडेको विमानमा विमानमा चालक दलका सदस्य र एक बालकसहित १८ जना छन् ।
अन्तिम पटक १:१३ मा भैरहवा विमानस्थलसँग सम्पर्क हुँदा क्याप्टेनले मौसम खराव रहेको सूचना दिएका थिए । अपराह्नतिर त्रिभुवन विमानस्थल टावरका अधिकारीहरुले विमान अर्घाखाँचीको खिदिम जंगलमा दुर्घटना आशंका गरेका थिए ।


पाल्पा बस दुर्घटना : लाशको खल्तीबाट मोबाइलको घण्टी बज्दा...

जगदीश भट्टराई/अन्नपूर्ण पोस्ट
पाल्पा : बिहीबार बिहान पौने ६ बजेको झिसमिसे अँध्यारो बीच भालुखोलाको डरलाग्दो पहरो छिचोल्दै दुर्घटना स्थल पुग्दा 'रुन्छ नि मन किन रुँदैन' बोलको रिङ्गटोन भएको मोबाइलको घण्टी बज्यो। उद्धारका लागि पुगेको समूह अचम्ममा पर्‍यो। यत्तिकैमा एक प्रहरी जवानले भने, 'यी यहाँ पनि एउटा लाश रहेछ।'

पोखराबाट बुटवलतर्फ जाँदै गरेको लु.१ ख.४९२४ रात्रिबस पाल्पाको चिदीपानी २ गाविसको भालु खोला र धैरैनीको बीचमा राति २ बजेर २० मिनेट जाँदा दुर्घटना भएको थियो। प्रहरी उद्धार टोली घटनास्थलमा थियो।

खोलाको छेउबाट ठूलै स्वरमा घण्टी बजेपछि सबै चनाखो भए। पहरोमा डोरी तानिएको थियो, प्रहरी जवान त्यही डोरीको सहाराले माथि उक्लिए। लाश विभत्स थियो, क्षतविक्षत थियो। कालो पाइन्टको खल्तीमा रहेको मोबाइल बजेको बज्यै थियो।

हाकिमको आदेश लिएर प्रहरी जवानले लाशको खल्तीबाट बज्दै गरेको मोबाइल निकालेर 'हेलो' के भनेका थिए उताबाट 'रामु भाइ हो' भन्ने आवाज आयो। के भन्ने अन्यौल भएर उनले चट्ट फोन काटे र मोबाइल तल उभिएका पाल्पाका प्रहरी निरीक्षक कृष्ण सापकोटालाई थमाए।
उद्धार गर्दै नेपाल प्रहरी र नेपाली सेना उद्धार गर्दै नेपाल प्रहरी र नेपाली सेना 

सापकोटाको हातमा फोन पर्ना साथ फेरि ठूलो स्वरमा घण्टी बज्न थाल्यो, लोकगायक पुरुषोत्तम न्यौपानेको स्वरमा रिङटोन बज्दै थियो, रुन्छ नि मन किन रुँदैन।

सुरुमा उनले पनि फोन उठाउन चाहेनन्। तर एकोहोरो रिङ बजेको बज्यै गरेपछि फोन के उठाएका थिए, उताबाट आवाज आयो, 'म रामको बहिनी बोलेको, त्यहाँ गाडी खस्यो भन्ने सुनेँ। ऊ कस्तो छ?' उनले फोन काटे।

कुनै पनि लाश सग्ला थिएनन्। प्राय थिचिएका, अनुहार चिन्नै गाह्रो पर्ने खालका। अनि सबै पुरुषहरुका मात्रै। उत्तानो परेको अवस्थाको अर्को लाश बोक्न लाग्दा फेरि घण्टी बज्यो। सापकोटा बाध्य भए बोल्न, 'तपाई जिल्ला प्रहरी कार्यालय पाल्पा आउनु होस्, सबै कुरा त्यहाँबाट थाहा हुन्छ।'

घटनास्थलमा रहेका हामी सबै भावविह्वल भयौँ। अनि लाशसँगै उकालो लाग्यौं।

पोखरादेखि स्याङ्जा गल्यांग हुदै बुटवलको सुनौलीका लागि हिँडेको बस राति ८ बजे पोखराबाट छुट्दा आठ जना मात्रै यात्रु लिएर हिँडेको थियो। मध्यरात साढे एक बजे गल्याङ आएर भात खाएका चालकलाई भालुखोलाको उकालोमा निद्रा लागेको कारण बस सडकदेखि तल खसेको हुनुपर्ने प्रारम्भिक अनुमान छ प्रहरीको।

दुर्घटनामा १४ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ। १२ जनाको घटनास्थलमै र दुईजनाको उपचारको क्रममा मृत्यु भएको हो। मृत्यु हुनेमा सबै पुरूष छन्।


उपचारार्थ भर्ना घाइतेहरु
१. स्याङ्जा जिल्ला चिन्नेबास–७, घर भई हाल पोखरा रामबजारमा बस्ने वर्ष २७ का तुलबहादुर राना,
२. बर्दिया मंगलागढी–९ की ३९ वर्षीया कमला ठकुरी –अवस्था गम्भीर
३. रुकुम मरावाङ्ग–८ बस्ने वर्ष ४३ का नरबहादुर बुढाथोकी
४. वाग्लुङ्ग भकुण्डे–६ बस्ने वर्ष २४ का सूर्यबहादुर खत्री

लुम्बीनी मेडिकल कलेज प्रभास
१. स्याङ्जा पुतली बजार नगरपालिका–२ बस्ने १९ वर्षका
दिपक कुँवर,
२. बर्दिया मंगलागढी–९ बस्ने २७ वर्षकी चन्दा ओली, हाल पोखरा बस्ने
३. रुपन्देही बुनपा–६ बस्ने २४ वर्षका प्रदीप केशरी - अवस्था गम्भीर ।

दुर्घटनामा मृत्युहुनेहरु
१. पाल्पा, मुझुङ्–८ का ३३ वर्षीय रोमन सिं सारु - चालक
२. बाग्लुङ्ग भिमगिठेका २८ वर्षीय मोहन के.सी - गाडीधनी
३. गुल्मी मिहाल पोखरीका २६ वर्षीय गिरीराज भट्टराई
४. गुल्मी सिमिचौरका दिनबहादुर बस्नेत
५. रुकुम मरवाङ् ९ बस्ने वर्ष ३८ का राजबहादुर गुरुङ
६. पर्वत ठूलीपोखरीका बाबुराम आचार्य
७. मोरङ विराटनगरका २१ वर्षीय गोपाल ढकाल
८. बर्दिया मौरागढी –९ बस्ने २१ वर्षीया विराट सिं ठकुरी
९. कास्की भरतपोखरीका २५ वर्षीय बुर्तिबहादुर विक
१०.पर्वत खौलालाकुरी ३ बस्ने वर्ष २२ का राजकुमार सुनार
११.अर्घाखाँची नरपानी ८ बस्ने अन्दाजी ६०–६३ का पदमबहादुर झाक्री
१२.बर्दिया मंग्रागढीका वर्ष २७ का रामु ओली,
१३. दाङ कान्तिपुर कौडिया बस्ने वर्ष ३१ का टेकराज पौडेल
    एक जनाको सनाखत हुन बाँकी ।

अन्नपूर्ण पोस्ट दैनिकबाट

पाल्पामा वस दुर्घटना १४ को मृत्यु, १० को सनाखत

टेक नारायण भट्टराई
पाल्पा, माघ २३ । पाल्पामा भएको बस दुर्घटनामा १४ जनाको मृत्यु भएको छ। १२ जनाको घटनास्थलमै र २ जनाको उपचारका क्रममा मृत्यु भएको हो।
पोखराबाट भैरहवातर्फ जाँदै गरेको लु १ ख ४९२४ नम्बरको यात्रुवाहक बस सिद्धार्थ राजमार्ग अन्तर्गत चिदीपानी गाविसको वडा नं. २ भालुखोलामा दुर्घटनाग्रस्त भएको हो। बस सडकबाट ५ सय मिटर तल खोलामा खसेको पाल्पाका प्रहरी नायब उपरीक्षक शिवकुमार श्रेष्ठले जानकारी दिए।
बसमा सवार अन्य ७ जना घाइते भएका छन्। घाइतेहरुको तानसेनस्थित युनाइटेड मिसन अस्पताल र प्रभासको लुम्बिनी मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ। दुर्घटना के कारणले भयो भन्ने अहिलेसम्म खुल्न नसकेको र त्यसबारे अनुसन्धान भइरहेको प्रनाउ श्रेष्ठले जानकारी दिए।
बस दुर्घटनास्थलबाट घाइतेको उद्धार गर्दै सुरक्षााकर्मी। तस्बिर : टेकनारायण भट्टराई
दुर्घटनामा मृत्यु भएकामध्ये अहिलेसम्म १० जनाको मात्र सनाखत भएको प्रहरीले जनाएको छ। मृत्यु हुनेमा बस चालक मुझुङ पाल्पा निवासी ३३ वर्षीय रोमन सिंह सारु मगर, बस मालिक बाग्लुङ भीमगिठे निवासी २८ वर्षीय मोहन केसी, गुल्मी सिमीचौर ६ बस्ने बाग्लुङमा कार्यरत प्रहरी जवान दिनबहादुर बस्नेत, गुल्मी म्यालपोखरी १ बस्ने पोखरामा कार्यरत प्रहरी जवान २६ वर्षीय गिरिराज भट्टराई, पर्वत ठूलीपोखरी निवासी बाबुराम आचार्य, रुकुम मरवाङ–९ निवासी ३८ वर्षीय राजकुमार गुरुङ, बर्दिया मगरागढी–९ बस्ने २१ वर्षको विराट सिंह ठकुरी, विराटनगर उपमहानगरपालिका बस्ने ४९ वर्षीय गोपाल ढकाल, पर्वत खैरालाँकुरी–३ बस्ने २२ वर्षीय राजकुमार सुनार, कास्की भरतपोखरी–१ ३५ वर्षीय बुद्धिबहादुर विक रहेको प्रहरीले जानकारी दिएको छ।
राति १ बजेको समयमा दुर्घटना भएको थियो। दुर्घटनाको जानकारी पाएलगत्तै नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीय वासिन्दा उद्धारमा खटिएका थिए। रातको समय भएकोले उद्धारका लागि निकै कठिनाइ भएको थियो।

ढुङ्गाले लागेर लुगा धोईरहेकी एक महिलाको मृत्यु

माथिबाट खसेको ढुङ्गाले लागेर सल्यानको कजेरीमा एक महिलाको मृत्युभएको छ।

कजेरी–४ मदमकाँडा बस्ने २३ वर्षीया लक्ष्मी नेपालीको  माथिबाट खसेको ढुङ्गाले लागेर मृत्युभएको हो। धारामा कपडा धोइरहेको अवस्थामा उनलाई ढुङ्गाखानीबाट निकालिरहेको ढुङ्गाले टाउकामा लागेको थियो।

घाइते लक्ष्मीको उपचारका लागि श्रीनगर ल्याउँदै गर्दा बाटोमै मृत्युभएको पारिवारिक स्रोतले जनाएको छ। -रासस

स्कुटर दुर्घटनाबाट किशोरीको मृत्यु

आफैँले हाँकेको स्कुटर दुर्घटनामा परी घाइते भएकी १९ वर्षीया सम्झना लोप्चनको उपचारको क्रममा मृत्यु भएको छ ।
मकवानपुरको पदमपोखरी गाविस–४ की सम्झना लोप्चन ना २६ प ४० नंको स्कुटल हाँकेर आफ्नो साथीलाई पुर्‍याउन जाँदा त्रिभुवन राजपथको हेटौँडास्थित चौकीटोलमा ३० पुस राति ८ बजे स्कुटर पल्टेर दुर्घटनामा परेकी थिइन् ।
उन्नाइस वर्षीया लोप्चनलाई स्थानीय बासिन्दाले हेटौँडा अस्पतालमा भर्ना गराएका थिए । -रासस

सुनवलमा मोटरासाईकलले पैदलयात्रीलाई ठक्कर दियो, २ जना घाईते

कृष्ण बिसी
नवलपरासी, पौष २० । नवलपरासीको सुनवल ७ मा आज दिउसो मोटरसाईकलले पैदलयात्रीलाई ठक्कर दिदा २ जना गभिंर घाईते भएका छन । पश्चिमबाट पुर्व आउदै गरेको लु १५ प ९९ नवंरको मोटरसाईकलले पैदलयात्रीलाई ठक्कर दिदा चालक र पैदलयात्री गभिंर घाईते भएको जिल्ला प्रहरी कार्यलयले जानकारी दिएको छ । दुर्घटनामा घाईते पैदलयात्रीको नाम खुल्न सकेको छैन भने चालक सुनवल ४ निवासी २० बर्षिय शतिश तमु मगर गभिंर घाईते भएका हुन । पैदलयात्रीलाई भैरहवा मेडिकल कलेजमा उपचारका लागी लगिएको छ भने चालक मगरलाई थप उपचारका लागी भरतपुर लगिएको प्रहरीले जनाएको छ ।

ट्याक्टरको ठक्करबाट एकको मृत्यु

शिबलाल सुबेदी
गुल्मी, १७ पुस । ट्याक्टरको ठक्करबाट गुल्मीको जोहाङ्ग गाविस पिपलनेटामा एक युवकको ज्यान गएको छ । लु. २ त. ८२५४ नम्बरको ट्याक्टरको ठक्करबाट जोहाङ्ग–२ पिपलनेटाका १३ वर्षिय जिवन ढकालको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
जोहाङ्गकै उल्लीखोलाबाट बाँसपाटा तर्फ ढुङ्गा लिएर जाँदै गरेको ट्याक्टरले विद्यालय नजिकै खेल्दै गरेको अवस्थामा ढकाललाई ठक्कर दिएको थियो । ट्याक्टरको पछाडीको भागले ठक्कर दिएको युवकको घट्नास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यलय जोहाङ्ग प्रमुख कृष्णलाल वि.क.ले जानकारी दिनुभएको छ । ठक्कर दिने ट्याक्टर र चालक जिल्ला प्रहरी कार्यलय गुल्मीको नियन्त्रणमा रहेका छन । ढकाल स्थानीय बालकल्याण निम्न माध्यमिक बिद्यालय कक्षा ५ मा पढ्ने विद्यार्थी हुन् ।

नाईट बस खोलामा खस्दा ११ को मृत्‍यु, चार वटा शव बसमै च्याँपिए

प्रेम सुनार
गुल्मी, १७ पुस । आज विहान करिव १ वजेको समयमा सल्यानमा रात्री बस दुर्घटना हुँदा ११ जनाको मृत्‍यु भएको छ । मृतकहरु मध्ये अहिले करिव ४ वजेतिर ७ जनाको मात्र पहिचान हुन सकेको छ भने ४ वटा शव बस मुनी च्याँपिएका कारण निकालेर पहिचान गर्न नसकीएको सल्यान प्रहरीले जनाएको छ ।
 काठमाण्डौबाट रुकुम जाँदै गरेको लु १ ख ८२९० नम्वरको बस सल्यानको लोखल बजार नजिकै भएको बस दुर्घटनामा परी मृत्यु हुनेमा रुकुम शाख ३ झुलाखेतका २६ वर्षिय प्रेमबहादुर बुढा, चौरबाङ्गका २५ वर्षिय मनबहादुर बुढा, खलङ्गा १ की २२ वर्षिया करुण घर्ति, सोही स्थानका २३ वािर्षय सुजन शाही , ३१ वािर्षय आनन्दकुमार केसी, दाङ्ग घोराही घर भई नेपाली सेना महेन्द्रदल गण रुकुममा कार्यरत राजेश बुढा, र नाम खुल्न नसकेका ३ वर्षिय बालक रहेको जिल्ला प्रहरी कार्यालय सल्यानले जानकारी दिएको छ ।
 मृतक ४ जना बस मुनी किचीएको अवस्थामा रहेकोले निकालेर शवको पहिचान गर्न नसकीएको प्रहरीले बतायो । ति तिन वर्षिय बालक करुण घर्तिका हुन कि वा बसमै किचिएकी अन्य महिलाको भन्ने कुरा पत्ता नलागेको घटना स्थलमा रहेका प्रहरी निरक्षक सुनिलकुमार प्रधानलाई उदृत गर्दै जिल्ला प्रहरी कार्यालयको सुचना शाखाले बतायो । ३० जना घाईते मध्ये १२ जना घम्भिर अवसमा रहेकोले उपचारका लागि नेपालगञ्ज रिफर गरिएको छ ।  

जिप दुर्घटनामा १६ घाइते, ३ को अबस्था गम्भीर

बिशाल भट्टराई
गुल्मी, पौष ४ । आज बिहान सिमीचौरमा जिप दुर्घटना हुँदा १६ जना घाइते भएका छन्। घाइते मध्ये ३ को अवस्था गम्भीर छ। सिमीचौर गाविस–४ बाट अर्घाखाँचीको सुपादेउराली दर्शनको लागि जाँदै गरेको लु १ ज १४१३ नम्बरको जिप सिमिचौर गाविस–९ राङबासमा दुर्घटना भएको प्रहरीले जनाएको छ।

दुर्घटनामा सिमीचौर–३ का ४२ बर्षिय निर बहादुर थापा, सोही ठाउँका १८ बर्षिय दिपक पाण्डेय र वडा नं ४ का १९ बर्षिय सन्तोष पाण्डेय गम्भीर घाइते भएका छन्। सन्तोष पाण्डेयलाई जिल्ला अस्पताल तम्घासमा सामान्य उपचारपछि थप उपचारको लागि लुम्बिनी मेडिकल कलेज पाल्पा रिफर गरिएको जिल्ला अस्पताल तम्घासका मेडिकल सुपेरिटेन्डेन्ट डा. हरि केसीले बताए।

त्यस्तै दुर्घटनामा सोहि गाविस वडा नं ४ का १७ बर्षिय सागर पाण्डेय, ३० बर्षिय कमला पाण्डेय, ३८ बर्षिया माया पाण्डेय, ४० बर्षिय हेम बहादुर पाण्डेय, ४० बर्षिय हेमबहादुर पाण्डे, ३९ बर्षिय डम्बर बहादुर पाण्डे, ३५ बर्षिय गोमा पाण्डेय, बर्ष ३५ कै काँसी बस्नेत, ३२ बर्षिय सरस्वती पाण्डे, १८ बर्षिय जीवन पाण्डे, ३५ बर्षिय पवित्रा पाण्डे, ३१ बर्षिया तारा मरासीनी र सोही गाविस वडा नम्बर २ की २५ बर्षिय हरिकला पाण्डेय पनि घाईते भएका छन्।

चालक दरबारदेबिस्थान – ४ का ४५ बर्षिय गोपाल बस्नेतलाई प्रहरीले नियन्त्रणमा लिएको छ । अरु घाईतेहरुको जिल्ला अस्पताल तम्घासमा उपचार भईरहेको छ। -नागरिकबाट

मनकामना जाँदै गरेको बस पल्टिँदा २ को मृत्यु, ४४ घाइते (भिडियो सहित)

कृष्ण बिसी
नवलपरासी, मंसिर १४ । नवलपरासीको तम्सारीयामा आज बिहान मनकामना दर्शनका लागी हिँडेको बस पल्टिदा २ जना बालबालिकाको ज्यान गएको छ ।
नेपालगञ्जबाट गोरखाको मनकामना दर्शनका लागी हिडेको ना ४ ख ६३६८ नवरको बस आज बिहान साढे २ बजे तम्सरीया ४ मा आफै अनियन्त्रीत भई पल्टिदा बर्ष ३ का हिमांशु अधिकारी, बर्ष १४ का सागर पुनको घटनास्थानलमै ज्यान गएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा ४४ जना घाईते भएको इलाका प्रहरी कार्यालय नवलपुरले जनाएको छ । घाईते मध्धे १२ जनाको अवस्था गभिर रहेकाले थप उपचारका लागी पुरानो मेडिकल कलेज भरतपुर लगिएको छ । अन्य घाईतेको कालिगण्डकी अस्पताल कावासोती र मध्यबिन्दु अस्पताल डण्डामा उपचार भईरहेको छ । घटना पछी चालक फरार भएका र खोजी कार्य चलिरहेको प्रहरीले जनाएको छ ।
भिडियो हेर्न तल क्लिक गर्नुहोला । 

दराज पल्टेर च्याँप्दा एक बालकको मृत्यु

बारा, मंसिर १ । घरमा रहेको दराज पल्टेर कलैया नगरपालिका–४ स्थित ठूलो बुबाको घरमा बसेका जितपुर–३ घर भएका धुप साहको ४ बर्षीय छोरा अभिषेक साहको दराजले च्यापिएर मृत्यु भएको छ ।
शनिबार दिउँसो १२:३० बजे घरमा रहेको काठको दराज अचानक पल्टँदा दराजले च्यापिएर गम्भीर घाइते भएका बालकलाई उपचारको लागि कलैया अस्पतालतर्फ लैजाँदै गर्दा बाटैमा मृत्यु भएको थियो ।

छुटाछुट्टै दुर्घटनामा परी ३ जनाको मृत्यु

कृष्ण बिसी 
नवलपरासी, कार्तिक २४ । नवलपरासीका बिभिन्न स्थानमा भएको  छुटाछुटटै घटनामा  परी ३ जनाको मृत्यु भएको छ । परासी-भैरहवा सडक खण्ड अन्तर्गत हकुईमा भएको दुर्घटनामा एक जनाकोे मृत्यु भएको छ । परासीबाट भैरहवा तर्फ जादै गरेको यु पी ५३ सीटी ०७३५ नम्बरको भारतीय नम्बर प्लेटको ट्रकले विपरित दिशाबाट आईरहेको लु ५ प ९६८४ नम्बरको मोटरसाइकललाई ठक्करदिँदा मोटरसाइकल चालक हकुई ६ का २२ वर्षीय ओमनारायण चौधरीको घटनास्थलमै मृत्यु भएको नवलपरासी प्रहरीले जनाएको छ ।यस्तै पुर्व पश्चिम राजमार्ग अन्र्तगत नवलपरासीको हर्कपुर  ४ भएको सवरी दुर्घटनामा एक जनाको मृत्यु भएको छ । इलाका प्रहरी कार्यलय गैडाकोटका अनुसार आज बिहान  भएको सवारी दुर्घटनामा परी अन्दाजी २० बर्षिय  युवतीको मृत्यु भएको हो । प्रहरीका अनुसार मृतक युवतीको परिचय खुल्न सकेको छैन् । ठक्कर दिने सवारी साधन फरार रहेको र खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ । यसैगरी  धान झाट्ने मेसीनमा परेर   देवचुली २ मा एक महिलाको मृत्यु भएको छ  । देवचुली २ किर्तीपुरमा धान झाट्ने मेसिन थरेसरमा बेरीदा देबचुली २ की करिब ४५ बर्षीय लाल मया सिंजालीको मृत्यु भएको हो ।   ना ३ च १५०३ नम्बरको टेक्टरको  धान झाट्ने मेसीनले धान झाट्ने क्रममा कपाल बेरीन पुग्दा घाइते भएकी सिंजालीको अस्पताल ल्याउदै गर्दा मृत्यु भएको इलका प्रहरी कार्यलय नवलपुरले जनकारी दिएको छ । टेक्टर र टेक्टर चालक प्रहरी नियन्त्रणमा रहेकोल  छन् ।

प्रचण्डको स्कर्टिङ गाडी दुर्घटना, एक गम्भीर घाईते

एनेकपा माओवादीका अध्यक्ष प्रचण्डको स्कर्टिङ्गमा गएको सुरक्षाकर्मीको गाडी नवलपरासीको दाउन्नेमा पल्टीदा एक सुरक्षाकर्मी गम्भीर घाइते भएका छन् ।
काठमाण्डौबाट प्रचण्डको स्कर्टिङ्गमा आएको बा १ झ ५५५९ नम्बरको गाडी बर्दघाट तर्फ जादै गर्दा दाउन्ने पहाडको आरोलोमा पल्टिएको बर्दघाट प्रहरीले जनाएको छ ।
गाडी पल्टिँदा टाउकोमा गम्भीर चोट लागेका एक सुरक्षाकर्मीको बर्दघाटमा उपचारका लागि लगिएको छ । गाडीमा रहेका अन्य प्रहरी भने सुरक्षित रहेका छन् ।
सडकमा पोखिएको मोबिलमा गाडी चिप्लीएर पल्टिएको प्रहरीले जनाएको छ । आजै नवलपरासीका बिभिन्न स्थानमा आयोजित चुनावजी सभामा सम्बोधन गर्न प्रचण्ड नवलपरासी गएका थिए।

जीप दुर्घटना हुँदा १० जनाको मृत्यु, चार घाइते

कार्तिक ५, पर्वत । पर्वतको लेखाफाँट गाविसमा यात्रुबाहक जीप दुर्घटना हुँदा कम्तिमा १० जनाको मृत्यु भएको छ। पर्वतकै साजिलाबाट पर्वत वेनी आउँदै गरेको ग १ त ५१२० नम्बरको जीप लेखाफाँटको लौलाप्रा कुइनेटा घुम्तीमा आज दुर्घटना हुँदा आठ जनाको घटनाास्थलमै मृत्यु भएको हो। दुई जना उपचारको लागि बेनी लैजाँदै गर्दा बाटोमा मृत्यु भएको प्रहरीले जनाएको छ।

दुर्घटनामा जीप चालक पृथ्वी पुन मगर सहित १० यात्रुको मृत्यु भएको भए पनि अन्यको सनाखत हुन नसकेको घटनास्थल पुगेका प्रहरी जवान छबी श्रेष्ठले बताए। चार घाइतेलाई उपचारका लागि म्याग्दी सदरमुकाम बेनी लगिएको छ।

विवाहको जिप दुर्घटना १४ घाईते

प्रेम सुनार
असौज ३१, गुल्मी । केहि बेर अघि गुल्मीको वामीमा दुलही लिन जान लागेका जन्ती सवार जिप दुर्घटना हुँदा १४ जना घाईते भएका छन् ।
वाग्लुङ्गको रिघाबाट वामी ७ स्थित दुलही लिन आएका जन्ती सवार ग १ ज ५०३८ नम्वर को जिप वामी २ र ३ को विचमा दुर्घटना हुँदा चालक वर्ष ३० का टेकबहादुर श्रीस, रिघा निवासी वाटुली आर्चाय रिघाकै वर्ष ७६ का शसीधर सापकोटा गम्भीर घाईते भएको र अन्य ११ जना सामन्य घाईते भएको निमित्त जिल्ला प्रहरी प्रमुख राजेन्द्र प्रसाद श्रेष्ठले जानकारी दिए ।
घाईतेहरुको वामी उप स्वास्थ्य चौकीमा उपचार भई रहेको जनाईएको छ । जिप करिव  सय मिटर तल खसेको बताईएको छ । वामी ईलाका प्रहरी कार्यालयका प्रहरीहरुबाट उद्धार कार्य भई रहेको श्रेष्ठले बताए ।  दुर्घटना स्थलबाट दुलहीको घर माथी वामी मैदान जान जिपमा करिव १५ मिनेट मात्रै लाग्ने थियो ।  दुर्घटनाको कारण खुल्न सकेको छैन् ।       

बसमा कोचाकोच, खसेर एक घाईते

प्रेम सुनार
गुल्मी, असौज २४ । कोचाकोच मान्छे खाँदिएको बसको ढोकाबाट खसेर अर्खलेमा बुधवार साँझ हस्तीचौरका एक युवा घाईते भएका छन् । वुटवलबाट सिमलटाररीतर्फ जाँदै गरेको लु १ ख ६८१५ नम्वरको बसको ढोकाबाट खस्दा अर्खले ७ स्थित पानी ट्याङ्क मोडमा खसेर हस्तीचौर ८, पनाह निवासी २० वर्षिय युवा अर्जुन कुँवर घाईते हुनुभएको हो । उहाँलाई रेसुङ्गा अस्पताल तम्घासमा सामन्य उपचारपछि थप उपचारका लागि पाल्पा लगिएको उहाँका बाबु बलबहादु्र कुँवरले बताउनुभयो । उहाँको हात भाँचिएको, मुहार र शरिरको पछाडी गम्भीर असर परेको अस्पतालले जनाएको छ । दशै लागे लगत्तै यात्रुहरु बस, जीपमा कोचाकोच चढ्ने, धेरै जसो छतमा जोखिमपुर्ण यात्रा गर्ने गरेका छन् । यसवाट थप दुर्घटना हुने हुँदा सुरक्षित यात्राका लागि जिल्ला ट्राफिक कार्यालयले आग्रह गरेको छ ।
घाइते कुँवर अस्पातलमा । तस्बिर: प्रेम सुनार


ट्याक्टर दुर्घटनामा २ जनाको मृत्यु, २ जना घाइते

घनश्याम गौतम
गुल्मी, २३ असोज– गुल्मी जिल्लाको ग्वाघा गाविसमा आज राती भएको ट्याक्टर दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । दुई जना घाइते भएका छन् ।
भुर्तङ्ग प्रहरी चौकी इन्चार्ज पशुपती बोहोराका अनुसार बुटवलबाट खाध्य सामाग्री लिएर भुर्तुङ्ग तर्पm जा“दै गरेको लु. २ त. ६१४३ नम्बरके ट्याक्टर ग्वाघा गाविसको वार्ड नं. २ गम्देबेलौनी भन्ने स्थानमा राती दुर्घटनामा परेको थियो । दुर्घटनामा भुर्तुङ्ग गाविस वार्ड नं. ४ का ट्याक्टर मालिक नवराज श्रेष्ठ र भुर्तुङ्ग गाविस वार्ड नं. ५ का गुनबहादुर किसानको  घटनास्थलमै मृत्यु भएको प्रहरी हवल्दार बोहोराले बताउनु भयो । ट्याक्टर सडकबाट झण्डै ७० मिटर तल खसेको छ । घटनामा ट्याक्टर चालक भुर्तुङ्ग गाविस ४ कै कुमार थापा र हुमबहादुर राना सामान्य घाइते भएको र उनीहरुको शान्तिपुर हेल्थपोष्टमा उपचार भैरहेको प्रहरीले जनाएको छ ।

विद्युत प्राधिकरणको गाडिले ठक्कर दिँदा दुई घाईते

जनार्दन घिमिरे
गुल्मी, १९ असोज । नेपाल विद्युत प्राधिकरणको गाडिले ठक्कर दिँदा आज गुल्मीको सदरमुकाम तम्घासमा एकै घरका दुई जना सख्त घाईते वनेका छन् । यसरी घाईते हुनेहरुमा तम्घास गाविस ६ निवासी ४५ वर्षीय रविना पुन र निजकै ५ वर्षिय छोरा विनोद पुन रहेका छन् । उनीहरु दुवैजनालाई आज विहान तम्घास स्थित जिल्ला ट्राफिक कार्यालय नजिकै वा १ ञ १६६४ नम्वरको गाडिले ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । घाईते दुवै जनाको टाउकोमा चोट लागेको हुँदा उनीहरुलाई थप उपचारकालागि आजै लुम्विनि मेडीकल कलेज प्रभास पाल्पामा लगिएको छ । ठक्कर दिने गाडि र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । घाईतेहरुको अवस्था गंभिर रहेको वताईएको छ ।
भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग