Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

दलित वस्तीमा खानेपानी समस्या अझै टर्न सकेन

Published on 3:58:00 PM //

पिएम मगर 
अन्य वडाका व्याक्तिहरुले सौतेलो व्यवहार गरेका कारण गुल्मीको अर्जे गाविस वार्ड नं। ७ को दलित वस्तीमा खानेपानीको संकट देखिएको छ ।

अर्जै गाविसमा छापहिले गाविसको नली मुहानवाट पाईप विछ्याएर पानी ल्याईए पनि टाठावाठा व्याक्तिहरुले सौतेलो व्यवहार गरेका कारण आफुहरुले उक्त धाराको पानी उपभोग गर्न नसकी पानीको संकट व्यहोर्नु परेको अर्जे ७ का दलितवासीको गुनासो रहेको छ । अर्जे ७ मा करिव ३० घर दलित घरपरिवार रहेको र दलित वस्ती भएकै कारण आफुहरुले समेत खानेपानीको संकट भोग्नुपरेको सो वडाका इश्वरी अर्यालले गुनासो गर्नुभएको छ 
अधिकाँश दलित विद्यार्थीहरुले पढ्ने भएकाले त्यहाँ स्थित रैनादेवी प्राथमिक विद्यालयमा समेत विद्यार्थीहरुले तिर्खा लाग्दा समयमा पानी पिउन नपाएको समेत अर्यालले वताउनुभयो । धारामा पानी प्रयाप्त मात्रामा आफुहरुलाई नदिँदा एक गाग्रो पानी लिन एक डेढ घण्टा लगाएर विभिन्न पँधेराहरु धाउनुपर्ने वाध्यता वनेको छ । स्थानीय दलितहरुको नेतृत्व पंक्ति नभएको उक्त दलित वस्तीमा खानेपानी लगायतका विभिन्न विकासका सुविधावाट विाचत हुँदै आएको नेकपा एमाले प्रचार विभाग प्रमुख शेषकान्त गौतमले वताउनुभएको छ । उहाँले उक्त दलित वस्तीमा दलित वर्ग उत्थान जिल्ला समन्वय समितिसँग गत वर्ष आग्रह गर्दा पनि सुनुवाई नभएको वताउनुभयो ।


Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग