Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

भैलो खेल्नेलाई ५१ देखि १ सय ५१ रुपैयाँ मात्रै

Published on 1:33:00 AM //

 गुल्मी उद्योग वाणिज्य सङ्घले तिहारको अवसरमा भैलो खेल्न आउने विभिन्न सङ्घ संस्थाहरुलाई न्यूनतम ५१ रुपैंयाँदेखि एक सय ५१ रुपैंयाँभन्दा बढी रकम नदिन व्यवसायीहरुलाई आग्रह गरेको छ ।

सङ्घको बैठक बसी जिल्लाका सम्पूर्ण व्यवसायीहरुलाई यस्तो आग्रह गरेको हो । व्यक्तिगत रुपमा भैलो खेल्नेलाई  ५१ रुपैंयाँ र संस्थागत रुपमा भैलो खेल्नेलाई एक सय ५१ रुपैंयाँ उपलव्ध गराउन सङ्घले व्यवसायीहरुलाई आग्रह गरेको हो । बैठकले तिहारको अवसरमा पड्काईने पटकाबाट मानवीय स्वास्थ्यमा गम्भीर असर पार्नुका साथै आगजनी र धनजनको क्षतिसमेत हुन सक्ने भन्दै उक्त पटकाहरुको बिक्री वितरणमा समेत रोक लगाउने निर्णय गरेको छ ।

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग