Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

प्रहरी टोलीमाथि आक्रमण गर्ने पक्राउ

Published on 7:03:00 AM //

गुल्मी जिल्लाको अर्खले गाविस जोगीथुममा शनिबार सराय नाच हेर्ने क्रममा दुई समूहबीच भएको झडप छुट्याउन लाग्दा सुरक्षाका लागि खटिएका प्रहरीमाथि आक्रमण गर्ने ४ जनालाई जिल्ला प्रहरी कार्यालय गुल्मीले पक्राउ गरेको छ ।


पक्राउ पर्नेहरुमा हस्तिचौर गाविस ७ का तुलबहादुर कुमाल, देवबहादुर कुमाल, बिनोद कुमाल र गोपाल कुमाल रहेका छन् । पक्राउपछि जिल्ला प्रहरी कार्यालय गुल्मीको थुनामा रहेका ४ जानलाई थप कारबाहीका लागि जिल्ला प्रशासन कार्यालयले म्याद थप गरेको छ । झडप छुट्याउने क्रममा एकजना प्रहरी गम्भीर घाइते भएका छन् ।


Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग