Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

कृषिको विकाशका लागी समन्वय गर्नुपर्नेमा जोड

Published on 2:19:00 AM //

गगनशिला खड्का

गुल्मी जिल्ला व्याबसायीक कृषिको लागी निकै संभावनायुक्त जिल्ला भएकोले यसको विकाशको लागी जिल्लाका सबै कार्यालय र संघ संस्थाले समन्वय गरेर अगाडी बढेमा कृषिक्षेत्रबाट निकै राम्रो प्रतिफल लिन सकिने यहा आयोजित एक कार्यक्रमका बक्ताहरुले बताएका छन् । कृषिको क्षेत्रमा धेरै कार्यालय र संघ संस्थाले काम गरीरहेको भएपनि समन्वय गरेर काम नगरेको कारण धेरै रकम खर्चिएपनि त्यसै अनुसारको प्रतिफल पाउन नसकिएकोले समन्वय गरेर अगाडी बढ्नुको विकल्प नभएको उनीहरुले बताएका हुन् । जिल्ला कृषि विकाश कार्यालय मास एफ र लि बर्डको संयुक्त आयेाजनामा आज गुल्मीको तम्घासमा आयोजीत जिल्ला स्तरीय कृषिका सरोकारवालाहरुसंग समन्वय तथा परीयोजना शुरुवात गोष्ठीका बक्ताहरुले सो कुरा बताएका हुन् । 
कार्यक्रममा प्रमुख अतिथी तथा प्रमुख जिल्ला अधिकारी परशुराम अर्याल र कार्यक्रमका अध्यक्ष तथा स्थानिय विकाश अधिकारी दिपेन्द्रराज पौडेलले कृषिको लागी कृषि विकाश कार्यालय मात्रै नभएर यहाँका धेरै संघ संस्थाहरुले कृषकहरुका लागी लगानी गरेको तर आपसी समन्वय विना आ-आफै काम भैरहेकोले कतिपय स्थानमा उस्तै उस्तै कार्यक्रम देाहोरीएको त कतिमा कार्यक्रम नै नपुगेको बताउनुभयो ।
बरीष्ठ कृषि विकाश अधिकृत नरहरी प्रसाद घिमीरे लि बर्ड परीयोजनाका अधिकृत शुम्भु बस्नेत कृषि विकाश कार्यालयका बागवानी विकाश अधिकृत धन बहादुर थापा योजनाअधिकृत मणिरत्न अर्याल मास एफ परीयोजनाका दामोदर पोख्रेल लगायतले गुल्मी जिल्ल्ला व्याबसायीक तरकारी खेतीको लागी संभावनायुक्त ठाउँ भएकोले धेरै परीयोजनाहरु आउन तैयार रहेको भएपनि तिनीहरुलाई आकर्षणको लागी सिमीत श्रेात र साधनबाट धेरै उपलब्धी देखाउन सबैले सहकार्य गरी काम गर्नुपर्ने बताउनुभयो ।
ठूलोलुम्पेक गाविसका यूवा कृषक हिम बहादुर कुँवर तथा गौडाकोट गाविसका अगुवा कृषक लक्ष्मी कुमार भुसालले राजनितीक दलहरु र बजेट विनीयोजन गर्ने संस्थाहरुले समन्वय गरी कृषि क्षेात्रलाई प्राथमिकता दिनुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा पशुसेवा कर्यालयका प्रमुख डा।हरी बहादुर कुँवर बन कार्यालयका प्रमुख शिव प्रसाद शर्मा तथा गुल्मी उद्योग वाणिज्य संघका महासचिव कृष्ण प्रसाद पोख्रेल गैर सरकारी संस्था महासंघ गुल्मीका अध्यक्ष विष्णु प्रसाद भण्डारी  भू संरक्षण कार्यालय सिँचाई कार्यालय र घरेलु तथा साना उद्योग विसकाश समितीका प्रतिनिधीहरुले  आफूहरुले साचालन गर्ने कार्यक्रममा जिल्ला कृषि विकाश कार्यालयले प्रस्ताव गरेमा सहकार्य गरेर अगाडी बढ्ने बताउनुभएको थियो । 

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग