Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

गाउँमा चहलपहल, सदरमुकाम सुनसान

Published on 5:12:00 PM //

घनश्याम गौतम
दसैं नजिकिँदै गर्दा गाउँमा चहलपहल बढेको छ । सदरमुकाम तम्घास भने सुनसान बन्दै गएको छ ।
तम्घासमा अध्ययन, व्यापार व्यवसाय गरी बस्नेहरू र सरकारी कार्यालयहरूमा बिदापछि कर्मचारी समेत बाहिरिएपछि सदरमुकाम तम्घास सुनसान बनेको हो ।

रोजगार, अध्ययन र अन्य कामका लागि गाउँबाट ब्ाहिरिएकाहरू गाउँ फर्केपछि ग्रामणिवस्तीहरूमा भने निकै चहलपहल छाएको छ । बिहीबारदेखि सदरमुकाम तम्घास बजार सुनसान बनेको छ । बजारमा व्यापारसमेत घटेको व्यवसायीहरूले बताए । 'बजारमा व्याापार आधा बढी घटेको छ,' तम्घासका व्यवसायी अर्जुन पान्डेले भने, 'बाहिर कोही नदेखिँदा बजारसमेत सुनसान बन्दै गएको छ ।' तम्घासमा व्यापार व्यवसाय गर्नेहरू आधाभन्दा बढी अर्घाखाँचीका विभिन्न गाउँबाट आएका छन् । उनीहरू समेत अधिकांश पसल बन्द गरेर गाउँ फर्केका छन् । यसले पनि तम्घास बजार बढी सुनसान गराएको छ । सदरमुकाम बाहिरका गाउँहरूमा भने चहलपहल बढेको छ । ग्रामीण क्षेत्रका दर्जनौं गाउँहरूमा चर्खे र लिङ्गे पिङले रमाइलो बढाएको छ । त्यस्तै यहाँका एक दर्जन कोटहरूमा दैनिक हुने पूजापाठले समेत गाउँको रौनक छुट्टै बनाएको छ । यहाँका चन्द्रकोट, मुसिकोट, धुर्कोट, इश्माकोट, पुर्कोट, मानकोटलगायतका कोटहरूमा घटस्थापना देखि नै पूजापाठ गर्नेको भीड लाग्ने गर्छ । सबै कोटहरूमा एक सातासम्म पूजापाठ गरेर नवमीका दिन पञ्चवली दिने चलन

छ । 'आजभोलि त गाउँहरू पनि निकै रमाइला बन्न थालेछन्,' ६ वर्षपछि अमेरिकाबाट गाउँ फर्केका कुर्घाका रोहित पौडेलले भने, 'गाउँमा यातायात, सञ्चारलगायतका सबै सुविधाहरू थपिए

छन् ।' पहिला सधैं सुनसान लाग्ने गाउँहरूमा अहिले रमाइलो बढ्दै गएको उनले बताए । सदरमुकामको तुलनामा ग्रामीण बजारहरूमा व्यापार व्यवसायसमेत बढ्दो छ । अधिकांश गाउँहरूलाई यातायात सडकले छोएको छ । सडक सुविधाले गाउँमै खोजेअनुसारका सबै सामग्री पाइने भएपछि बजारहरूमा दिनहुँ भीड लाग्ने गरेको देखिन्छ ।

बुटवल, काठमाडांैमा नै दसैंको किनमेल गर्नेहरूले अहिले जिल्लाकै ग्रामीण बजारहरूमा किनमेल गर्ने गरेका छन् । 'मैले सधैं बुटवलबाट कपडा र फलफूल किनेर ल्याउने गर्दथे,' तुराङकी समीक्षा अर्यालले भनिन्, 'यसपटक गाउँमै सबै पाइन्छ भन्ने सुनेर उता सपिङ नगरी आएको ठिकै

भएछ ।' समीक्षाजस्तै ग्रामीण क्षेत्रका बजारहरूमा दसैंको किनमेल गर्नेहरूको भीड बढेको व्यवसायीहरूले बताएका छन् । दसैंसँगै गाउँहरूमा सांस्कृतिक कार्यक्रमको रौनकसमेत बढ्दै गएको छ । स्थानीय युवा क्लबहरू र काठमाडौंमा बस्ने गरेका कलाकारहरूले गाउँ फर्केका बेला रमाइलो गर्ने उद्देश्यले एक दर्जन गाउँहरूमा दसैंको अवसर पारेर सांस्कृतिक कार्यक्रम आयोजना गरिएको छ ।

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग