Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

दुई गाविसमा मानवअधिकार शिक्षा

Published on 6:41:00 AM //

अनौपचारिक सेवा केन्द्र इन्सेकले दुई गाविसमा मानव अधिकार शिक्षा कार्यक्रम शुरू गरेको छ ।

आइतवार तम्घासमा आयोजित अभिमुखीकरण कार्यक्रममा दिएको जानकारी अनुसार अर्खले र सिमिचौर गाविसका ५ विद्यालयमा कार्यक्रम शुरू गरिएको हो । मानवअधिकार संरक्षण र सम्बर्धनका लागि विद्यार्थीहरूलाई मानवअधिकारका बारेमा सचेत गराउँदै कार्यकर्ता उत्पादन गर्ने गरी कार्यक्रम शुरू गरिएको इन्सेकले जनाएको छ ।
इन्सेकले अर्खलेको जनसहयोग मावि भुवनपानी, भाडगाउँ मावि भाडगाउँ र बुद्ध निमावि अर्खले तथा सिमिचौर गाविसको भगवती मावि र राङबास माविमा कार्यक्रम संचालन भएको जनाएको छ । यस अघि रेसुङ्गा मानव अधिकार सचेतन संस्था मार्फत कार्यक्रम संचालन गर्दै आएको इन्सेकले जिल्लामै कार्यालय समेत स्थापना गरेको छ ।
कार्यक्रममा सहभागीहरूले सदरमुकाम नजिकै भन्दा दुर्गम गाविसमा मानवअधिकार र घरेलु हिंसाको अवस्था दर्दनाक रहेको भन्दै दुर्गम गाविसहरूमा कार्यक्रम विस्तार गर्न सुझाव दिएका थिए । सहभागीहरूले दिएका सुझावको आधारमा आगामी वर्षहरूमा कार्यक्रम विस्तार गरिने इन्सेक क्षेत्रीय कार्यालय पोखराका प्रमुख शिव खकुरेलले बताए ।

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग