Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

अग्रगमन वा यथास्थिती चुरो बहस यही हो- सभासद सुदर्शन

Published on 11:06:00 AM //

प्रेम सुनार
गुल्मी क्षेत्र नं. १ का सभासद् सुदर्शन बरालले देशमा अग्रगमन चाहने र यथास्थिती कायम गराई टालटुले संविधान लेखेर जनतालाई झुक्काउने शक्तिबीच द्वन्द्व चर्किएका कारण देशमा यस्तो राजनितिक जटिलता देखापरेको बताउनुभएको छ ।
जिल्ला विकास समिति र स्थानिय विकास प्रशिक्षण प्रतिष्ठान जाउलाखेल ललितपुरले तम्घासमा आयोजना गरेको ३५ दिने गाउँ विकास समिति व्यवस्थापन, सेवा कालिन प्रशिक्षण तालिमको समापन समारोहलाई सम्बोधन गर्दै सभासद् बरालले यस्तो बताउनु भएको हो ।

उँहाले एकले अर्कोलाई आरोप प्रत्यारोप र आवेगमा नआई यसको निकास निकाल्ने चुरो बहास भनेकै अग्रगमन चाहने वा यथास्थिती मै रहने भएकोले यसतर्फ सबैको ध्यान जानुपर्नेमा जोड दिनुभएको थियो । सभापन समारोहका प्रमुख अतिथि सभासद् बरालले यस्तो राजनितिक जटिलताका कारण स्थानिय तह जनप्रतिनिधि विहिन भइरहेको अवस्थामा यसको गम्भिरता बुझेर गा.वि.स. सचिवहरुले काम गर्नुपर्नेमा जोड समेत दिनुभएको थियो ।

कार्यक्रमका विशेष अतिथि प्रमुख जिल्ला अधिकारी परशुराम अर्यालले विजय दशमी र शुभ दिपावलीको अवसरमा सम्पुर्ण आमा बुबा, दिदिबहिनी, दाजुभाई हरुलाई हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै चाडपर्वको बेलामा चोरी, लुटपाट हुन सक्ने भएकोले त्यसतर्फ सचेत रहन समेत आग्रह गर्नुभएको थियो ।

कार्यक्रममा तालिम संयोजक पुण्य प्रसाद आचार्य, पत्रकार महासंघका अध्यक्ष जनार्दन घिमिर गाविस सचिव हकहित मञ्च गुल्मीका अध्यक्ष विष्णु प्रसाद पन्थी,तालिममा सहभागी सचिवहरुको तर्फबाट टंक पन्थी गौरा गौतम लगायतले मन्तव्य राख्नुभएको थियो । स्थानिय विकास अधिकारी दिपेन्द्रराज पौड्यालको सभापतित्वमा सम्पन्न कार्यक्रमका् संचालन जिल्ला विकास समितिका कार्यक्रम अधिकृत शंकर प्रसाद गौतमले गर्नुभएको थियो ।

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग