Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

वामीकोट महोत्सव शुरु

Published on 2:26:00 AM //

भरत पाण्डेय
कला संस्कृतिको संरक्षणको माध्यमबाट वामीक्षेत्रको पर्यटन विकाश र प्रचार प्रसारको लागी जुटेका गुल्मीको वामीका यूवाहरुले  वामीकोट साँस्कृति महोत्सव शुरु गरेका छन् ।
सूर्योदय यूवाक्लवको आयोजनामा एक सातासम्म चल्ने सो महोत्सवको स्थानिय बयोबृद्ध खड्ग बहादुर घर्ति मगरले उद्घाटन गर्नुभएको थियो । महोत्सको मूख्य आकर्षणको रुपमा परम्परागत सरायँनाच प्रतियोगीता हुने आयोजकले बताएको छ । प्रशिद्ध धार्मिकस्थल शालिमेको काखमा भैरहेको महोत्सवमा लुम्बिनी र धौलागीरी अँचलको सिमानामा पर्ने दरम, बडीगाड खोलाको संगमस्थल खर्वाङ्ग र वामीको शुन्दरताको दृष्याबलोकन, ऐतिहासीक मठ मन्दिर, तथा बाईसे चौविसे राज्यको पालादेखि वामीकोटमा रहेका पुरातात्विक तथा धार्मिक महत्वका बस्तुहरुको अवलोकन गर्न पाईने आयोजकले बताएको छ । 
कार्तिक १ गतेसम्म चल्ने महोत्सवमा राष्ट्रिय कलाकारहरु रामजी खाँण, राधिका हमाल, राम प्रसाद पौड्याल, रमेश कँणेल, रमेश दुलाल , कमल गाउँले लगायतको प्रस्तुति रहने बताईएको छ । 

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग