Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

चाड पर्वमा घ्यू अभाव

Published on 3:22:00 AM //

आधा दर्जन दुग्ध डेरी संचालनमा भएपनि मुख्य चाड पर्वका अवसरमा सदरमुकाम तम्घासमा सधै घ्यूको अभाव हुने गरेको छ । 
दुध विक्रि गर्दै आएका तम्घास र ग्रामिण क्षेत्रका आधा दर्जन डेरीहरुले दुधलाई विविधिकरण गर्न नसक्दा तम्घास सहितका मुख्य बजारहरुमा घ्यू सहितका दुधका अन्य परिकारको समेत अभाव हुने गर्दछ । तम्घासमा मात्र दुई डेरी उद्योग संचालनमा छन् । जिल्लाभर एक दर्जन भन्दा बढी स्थानमा दुध संकलन र चिस्यान केन्द्र समेत संचालनमा छन् ।
सदरमुकाम तम्घासमा दुई  उद्योग संचालनमा भएपनि गुणस्तरीय दुधको अभावमा घ्यू उत्पादन हुन नसकेको मैत्री डेरी उद्योग तम्घासका संचालक नवराज भुसालले बताए । जिल्लामा दैनिक एक हजार लिटर दुध उत्पादन हुँदै आएको छ । दुध सजिलै विक्रि हुन थालेपछि गाउ“मा समेत घ्यू उत्पादन घट्दै गएको छ ।
‘घ्यू उत्पादन गर्न मिल्ने खालको दुध किसानबाटै आएको छैन’, भुसालले भने, ‘उत्पादन भएको दुध पनि सजिलै बजारमा विक्रि हुने गरेकाले विविधिकरण आवश्यक परेन ।’ डेरीले घ्यू उत्पादन नगर्दा बजारमा भने बुटवल र काठमाण्डौबाट आउने कम गुणस्तरको घ्यू उपभोक्ताले महङ्गो मुल्यमा किन्न बाध्य छन् । 
तम्घास बजारमा काठमाण्डौको सिताराम डेरी र बुटललको बुटवल डेरीको घ्यू मात्र उपलब्ध छ । बुटवलबाट आउने घ्यूको तुलनामा काठमाण्डौबाट आउने घ्यू गुणस्तरको भएको उपभोक्ताको भनाई छ । ‘स्थानीय डेरीमा घ्यू नपाएपछि काठमाण्डौको घ्यू प्रयोग गर्ने गरेकी छु’, तम्घासकी गृहणी तुलसी न्यौपानेले भनिन्, ‘स्थानीय घ्यूको अभावमा बाहिरको महङ्गो समेत पर्ने गर्दछ ।’ न्यौपानेका अनुसार बजारमा पाईने काठमाण्डौको राम्रो घ्यू प्रति किलो ३ सय ५० रुपैयाँ पर्ने गर्दछ ।
काश्यप किराना पसलका अखिलेश्वरप्रसाद पाण्डेका अनुसार स्थानीय बजारमा घ्यूको माग अत्याधिक भएपनि ग्राहकलाई बाहिरबाट ल्याएर उपलब्ध गराउनु परेको छ । ‘बजारमा दशैं तिहारको अवसरमा मात्र १ क्वीन्टल घ्यूको माग हुने गर्दछ’, पाण्डेले भने, ‘स्थानीय स्तरमा उत्पादन नभएपछि काठमाण्डौबाट ल्याएर विक्रि गर्न बाध्य छौं ।’ स्थानीय स्तरमा घ्यू उत्पादन भएमा बाहिरको तुलनामा ताजा र सस्तो हुने पाण्डेले बताए । काठमाण्डौको सिताराम डेरीको घ्यू बजारमा किलोका ३ सय १० रुपैयाँमा विक्रि हुने गरेको छ । 
तम्घासकै शर्मिला आचार्यले पनि बजारमा दिनभर डुल्दा घ्यू पाउन नसकेको बताईन । ‘दशैंका बेला आवश्यक पर्ने घ्यू बजार भरी नपाईदा नरमाईलो लाग्यो’, उनले भनिन्, ‘डेरीमा दुध बाहेक अरु नपाईने रहेछ ।’ जिल्लाको तम्घासमै रहेको रेसुङ्गा दुग्ध डेरी उद्योगका संचालक बालकृष्ण भण्डारीले घ्यू निकालेको दुध विक्रिमा समस्या हुने गरेकाले उत्पादन नगरिएको बताए । 
‘घ्यू उत्पादनका लागि दुधको विविधिकरण आवश्यक छ’, भण्डारीले भने, ‘घ्यू निकालेको दुध ग्राहकले लैजान नमान्ने र विविधिकरण नगरिएकाले घ्यू उत्पादन गर्न सकिएको छैन् ।’ नगरिएको हो ।’ बजारमा घ्यूको माग बढी नै रहेपनि दुधको विविधिकरण अभावमा उत्पादन गर्न नसकिएको बताए । दुधको उत्पादन अझै बढ्दै गएमा विविधिकरण गरेर घ्यू उत्पादन गर्न सकिन्छ ।’, उनले भने । सदरमुकाम बाहिर बलेटक्सार, वामीटक्सार, शान्तिपुर, खैरेनी, रिडीमा समेत दुग्ध डेरी संचालनमा छन् । तर कुनै पनि डेरीले घ्यू  उत्पादन नगर्ने मैत्री डेरीका भुसालले बताए ।


नयाँभावना  दैनिकबाट 

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग