Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

चारपाला र मुसिकोटमा साँस्कृतिक महोत्सव सम्पन्न

Published on 6:54:00 AM //

 पी.एम.मगर
 नेपालीहरुको महानपर्व विजया दशमी पर्वको अवसरमा गुल्मीको चारपालामा शिवालाय मन्दिर सहयोगार्थ लोक दोहरी कार्यक्रम २०६७ आज सम्पन्न भएको छ ।

"ऐतिहासिक रमणीय गाउँ, लोक दोहोरी हेर्न चारपाला जाउँ " भन्ने मुल नाराका साथ सम्पन्न उक्त कार्यक्रममा राष्ट्रिय स्तरका ख्यातीप्राप्त कलाकारहरु वरिष्ठ लोक गायक राजु परियार, श्रीस देवकोटा, रमचन्द्र चन्द, मन्त्री कौशल, नारायण विपी, जीवन परियार, अन्जान प्यासी, गायिकाहरु जमुना राना, लक्ष्मी परियार, वन्दना पाण्डे लगायतले गीत गाएर दर्शकलाई मनोरञ्जन प्रदान गर्नुभएको थियो भने नेपाल टेलिभिजनको प्रस्तुति छमछमीको उत्कृष्ट १६ भित्र पर्न सफल गुल्मी चारपालाकी पुर्णीमा श्रेष्ठले उत्कृष्ट नृत्य प्रस्तुत गर्नुभएको थियो ।
आयोजक न्यू चारपाला क्लव, संगम क्लव र अमर युवा क्लवको संयुक्त आयोजनामा सम्पन्न उक्त साँस्कृतिक महोत्सवको पाँच हजार भन्दा वढी दर्शकहरुले अवलोकन गरेको आयोजकले जनाएका छन । इन्द्रवहादुर खत्रीको सभापतित्व तथा रेडियो रेसुङ्गाका स्टेशन म्यानेजर मदन खनालको सञ्चालनमा महोत्सव सम्पन्न भएको थियो । सोही अवसरमा प्रमुख अतिथि इश्वरी उच्च माध्यमिक विद्यालयका प्राचार्य लक्ष्मण थापा, कार्यक्रम संयोजक अशोक श्रेष्ठ लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो ।
 वि.स. २०१६ सालमा स्थापना भएको सो मन्दिरमा स्थापना कालदेखि नै निरन्तररुपमा पुजा आराधाना साथै धार्मिक तथा साँस्कृतिक महत्व वोकेको सरायँ नाँच सञ्चालन गरिँदै आएको पुजा सञ्चालन समितिका अध्यक्ष रेशमराज चालिसेले वताउनुभएको छ । सराँय नाँच उत्कृष्ट समुहहरु मध्ये देववहादुर सिँहको समुह प्रथम, कमला नेपालीको समुह द्धितीय, टोपवहादुर सिँहको समुह तृतीय, रमेश सिँहको समुह सान्त्वना भएका छन् । उत्कृष्ट नाँच तर्फ रनवहादुर नेपाली सान्त्वना भएका छन् ।

 यसैवीच जगदम्वा देवी मन्दिरको पुजा आरोधना तथा सरायँ नाँच मुसिकोट ७ भर्जुवा गुल्मीमा समाज सुधारक युवा क्लव नरेठाँटी १ र हरिचौर ८ पैँयु डाँडा वाग्लुङ्गको आयोजनामा विविध साँस्कृतिक दशैँ महोत्सव सम्पन्न भएको छ । संस्थाका अध्यक्ष मणिभद्र कण्डेलको सभापतित्वमा सम्पन्न कार्यक्रममा नारायण रेग्मी, केशवविक्रम सिँह, नारायणदत्त गैरे, शिक्षक हर्क पाण्डे, मगरात राज्य समिति सदस्य तिलक उप्रेती, रेडियो रेसुङ्गाका प्रतिनिधी थम्मन थापा लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो । नेपाल लोकदोहोरी प्रतिष्ठानका महासचिव एवं वरिष्ठ लोक गायक विष्णु खत्रीको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा रष्ट्रिय स्तरका कलाकार संगीतकार एवं गायक श्रीकृष्णवम मल्ल, गोरख खत्री लगायतले दर्शकलाई मनोरन्जन
प्रदान गर्नुभएको थियो । सोही अवसरमा नृत्य प्रतियोगीतामा पैँयुडाँडा आमा समुह वि की साधना कार्की प्रथम र सम्वुद्ध एजुकेशनल एकेडेमीकी मसिना उप्रती द्धितीय हुनुभएको थियो । कार्यक्रमका विचविचमा स्थानीय कलाकारहरुद्धारा कला प्रस्तुत गर्नुका साथै चन्दा दाता समाजसेवी, कलाकार एवं पत्रकारहरुलाई सम्मान गरिएको थियो । विजुला कण्डेलको स्वागतवाट शुरु भएको कार्यक्रमको सञ्चालन रामप्रसाद कण्डेलले गर्नुभएको थियो ।

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग