Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

पन्थको अध्यक्षतामा नयाँ कार्य समिति

Published on 10:57:00 AM //

 पी.एम.मगर
 नवप्रगतिशिल युवा क्लव, हर्दिनेटा धरमपानी गुल्मीको विशेष अधिवेशन सोमबार सम्पन्न भएको छ ।
भेलाले विनोद पन्थको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्य समिति समेत गठन गरेको छ । समितिको उपाध्यक्षमा जीवन श्रेष्ठ, सचिव जीवन पन्थ, सहसचिव मेघराज कण्डेल, कोषाध्यक्षमा लेखनाथ कण्डेल रहनुभएको छ । त्यस्तै सदस्यहरु शुशिल पन्त, सुनिता न्यौपाने, चन्द्रकान्त पन्थ, गगन पन्थ, विष्णु सिंजाली र तेजु कण्डेल रहनुभएको छ । कार्यक्रममा प्रमुख अतिथि टिकाराम पन्थ, अतिथिहरु प्रकाश पन्थ, जनक पन्थ, ऋषीराम पन्थ, रुकवहादुर कुवँर विष्णु प्रसाद अर्याल, यमलाल श्रेष्ठ लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो । अधिबेसन निवर्तमान अध्यक्ष चिरन्जीवि पन्थको सभापतित्व तथा तीर्थराज पौडेलको सञ्चालनमा सम्पन्न भएको थियो ।

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग