Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

सुत्केरीको ज्यान बचाइयो

Published on 10:31:00 AM //

घनश्याम गौतम
जिल्ला अस्पतालका डाक्टरहरूले जटिल शल्यक्रिया गरेर दुर्गम गाउँकी सुत्केरीको ज्यान बचाएका छन् । ढिला गरी अस्पताल ल्याइएका कारण शिशुलाई भने चिकित्सकहरूले बचाउन सकेनन् ।


 सदरमुकाम तम्घासबाट ८ कोष टाढाको घमिर ४ की २१ वषर्ीया बिना बुढामगरको ज्यान बचेको हो । महिलाको गर्भमा शिशु छड्के बसेको, पछाडि र्फकनुपर्ने अनुहार अगाडि फर्किएको र बच्चाको हात बाहिरै निस्किएको अवस्थामा सुत्केरीलाई अस्पतालमा भर्ना गरिएको थियो । घरमै सुत्केरी व्यथा लागेकी महिलालाई हात बाहिर निस्किएको ६ घन्टाभन्दा बढी समयपछि अस्पताल ल्याइएको थियो ।

जिल्ला अस्पतालमा कासीम शाहको नेतृत्वमा अप्रेसन गरिएको थियो । 'प्रसूति क्षेत्रमा यो सबैभन्दा जटिल अप्रेसन हो', शाहले भने, 'शिशुको धड्कन नभएको, उल्टा बसेको र हात बाहिर निस्किएको अवस्थामा आमालाई समेत बचाउन अप्ठ्यारो थियो तर सफल भयांै ।' 

अस्पताल ल्याइपुर्‍याउनै धड्कन नभएकाले शिशुलाई बचाउन भने नसकिएको डाक्टर शाहले बताए । जिल्ला अस्पतालमा गरिएको यस्तो जटिल अप्रेसन यो दोस्रो हो । ग्रामीण क्षेत्रका महिलाको प्रसूति सेवाका लागि दुई जना एमडिजिपी डाक्टरले सेवा प्रदान गर्दै आएको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष शेरबहादुर थापाले बताए ।

दुई वर्षमा ५६ महिलाले अप्रेसन गरी जिल्ला अस्पतालमै शिशु जन्माएको जिल्ला अस्पतालका प्रमुख डाक्टर भेषराज पोखरेलले बताए । 'गर्भवती महिलाले ठूलो राहत पाएका छन्', जिल्लामै अप्रेसन सेवा नभए पाल्पा, बुटवल पुग्नुपर्ने बाध्यता टरेको छ ।'

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग