Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

प्रशासन र वित्तीय संस्थाहरुमा सेवाग्राहीहरुको भिड्

Published on 5:29:00 PM //

भरत पाण्डेय
दशै विदा सकिएको छैठौँ दिन गुल्मी जिल्लामा जिल्ला प्रशासन कार्यालय र वित्तीय संस्थाहरुमा सेवाग्राहीरुको घुँईचो वढेको छ ।
सेवाग्राहीहरुको घुँईचोका कारण प्रशासन कार्यालयमा नागरिकता वनाउनका लागि आएका मानिसहरु नागरिकता वनाउनका लागि दुईदिन सम्म कुर्नु पर्ने वाध्यता वनेकॊ छ । दैनिक सरदर दिनमा ४० देखि ४५ जना व्यक्तिलाई नागरिकता वितरण गरिदैं आएको जिल्ला प्रशासन कार्यालयमा आज एक सय २० जना व्यक्तिलाई नागरिकता वितरण गरेको जिल्ला प्रशासन कार्यालय गुल्मीले जनाएको छ ।
    कार्यालयमा सेवाग्राहीहरुको चाँप वढेपछि जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी द्वय वावुराम अर्याल र जगदिशचन्द्र नेपाली समेत नागरिकता फाँटमा वसेर अरु कर्मचारीहरु सरह नागरिकताको कार्ड लेख्न र सही गर्नको लागि भ्याई नभ्याई वनेको छ । कार्यालयमा कामको चाँप वढेका कारण अन्य कार्यालयहरुवाट समेत कर्मचारी झिकाई काममा लगाईएको छ । वडा दशै तथा शुभ दिपावली मनाउँन देश विदेशवाट छुट्टीमा घर आएका अधिकांश व्यक्तिहरु यसै अवशरलाइृ छोपेर आफ्नो काम सकेर पर्कने गरेका कारण जिल्ला प्रशासन कार्यालयमा सेवाग्राहीहरुको यसरी भिड्भाड् लाग्ने गरेको नागरीकता फाँटका प्रमुख गोपाल पाण्डेले वताए । त्यस्तै गुल्मी जिल्लाको सदरमुकाममा रहेका विभिन्न वैँक तथा वित्तीय संस्थाहरुमा पनि सेवाग्राहीहरुको भिड् वढ्को छ । वैँकमा नयाँ खाता खोल्ने पैसा झिक्ने तथा राख्नेहरुको भीड वढेको थियो । त्यसैगरि दशैँ मनाएर आफ्नो कार्य क्षेत्रमा फर्किने मानिसहरुको पनि उत्तिकै भिड् छ । यातायातका सवारी साधनहरुमा टिकट नपाएका कारण सदरमुकामवाट वुटवल र काठमाण्डौँसम्म जाने मानिसहरु वस तथा जीपका छतहरुमा चढेर जोखिमपुर्ण यात्रा गर्न वाध्य वनेका छन् ।

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग