Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

डोजर सञ्चालनको विरोध

Published on 11:21:00 PM //

गुल्मीको ग्वादी गा.वि.स.स्थित लोकमा वेलटारी मोटरबाटो मर्मतका लागि अध्यक्षले समितिको निर्णयबिना एकलौटी रुपमा डोजर सञ्चालन गरेको भन्दै समितिकै सदस्यहरु र स्थानीयबासीहरुले विरोध जनाएका छन् ।

उक्त मोटरबाटो समितिका अध्यक्ष ज्ञानहरि ज्ञवालीले त्यसरी एकलौटी ढ�ले डोजरहरुको दरभाउमा प्रतिस्पर्धा नगराई डोजर सञ्चालन गरेको भन्दै समितिकै सदस्य मंगलबहादुर रेगामीलगायतका अन्य सदस्य र स्थानीयबासीहरुले विरोध जनाएका हुन् ।

उक्त मोटरबाटो मर्मत गर्न बलेटक्सारस्थित डोजर सञ्चालक उत्तम क्षेत्रीले प्रतिघण्टा २ हजार २ सयका दरले डोजर सञ्चालन गर्छु भनेको र अध्यक्ष ज्ञवालीले बलेटक्सारकै अर्का डोजर सञ्चालक नारायण के.सीलाई प्रतिघण्टा २ हजार ८ सयका दरले डोजर सञ्चालन गराएपछि यसरी विरोध गर्नु परेको मोटरबाटो समितिका एक सदस्य मगंलबहादुरले बताएका छन् ।  उनले भने, समितिको बैठक नराखी, डोजरहरुको प्रतिस्पर्र्धा नगराई सञ्चालन गरिएकोमा गम्भीर आपत्ति छ ।

अध्यक्ष ज्ञावालीले भने हतार भएका कारण बैठक राख्न नसके पनि फोनमार्फत समितिका सबै सदस्यहरुलाई खबर गरेर सहमति जुटाएर डोजर सञ्चालन गरेको बताएका छन् । उनले भने� स्थानीय विकास मन्त्रालयबाट परेको रु. १५ लाख बजेटमध्ये जिविस गुल्मीबाट सम्झौता अनुसारको काम सम्पन्न गरी पेश्की रकम निकाल्न तत्काल डोजर सञ्चालन गर्नुपर्ने भएकोले त्यसो गरिएको हो, प्रतिस्पर्धा गराउने कोशिस पनि भएकै हो ।

सदस्य रेगामी, त्यहाँस्थित जनचेतना युवा क्लबलगायतका एकथरी स्थानीयबासीहरुले भने अध्यक्षले आफू निकट डोजर सञ्चालकलाई ल्याउन समितिको बेवास्ता गरेको बताएका छन् ।

त्यस्तै सोही गा.वि.समा केही वर्षअघि खनिएको रिडी�ग्वादी मोटरबाटो समितिले पनि हालसम्म उक्त मोटरबाटोको आयव्याय हालसम्म सार्वजानिक नगरिएको भन्दै त्याहाँस्थित जनचेतना युवा क्बलले विरोध जनाएको छ ।



Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग