भाँडा माझ्दै र भारी बोक्दै पढ्ने उमेरका बालबालिका
बाहिरी जिल्लाबाट आएर तम्घासमा डेरा गरी पल्लेदारी गर्दै आएका र स्थानीय विपन्न परिवारका बालबालिकाहरू यसरी विद्यालय जानबाट बञ्चित भएका हुन् । यसरी बञ्चित हुनेमा प्यूठान, अर्घाखाँची र जिल्लाकै दुर्गम गाविसबाट कामको लागि तम्घास आएका दलित तथा विपन्न परिवार र तम्घासमा पल्लेदारी गरी जिवन निर्वाह गर्नेहरुका बालबालिका बढी छन् ।
तीन वर्ष अगाडि प्यूठानको खलङ्गाबाट तम्घास आएका ११ वषर्ीय विनोद परियार बिहान पाँच बजेदेखि साँझ छ बजेसम्म हातमा नाम्लो लिएर बसपार्कमै व्यस्त हुन्छन् । 'पढ्ने मन त छ,' उनी भन्छन्, 'भारी नबोकेसम्म विहान साँझ खान पाइँदैन, पढ्न गएर के गर्नु ?' त्यस्तै प्यूठान अर्खाका १७ वषर्ीय विकास मगर, उनको एउटा भाइ र बहिनीको पनि दिन चर्या उस्तै छ । उनकी आठ वषर्ीया बहिनी तम्घासमै होटलमा काम गर्छिन् । 'हामी चाहेर पनि स्कुल जान सक्दैनौं ।' भारी बोकेर कमाएको पैसा बचाएर घर पठाउने गरेका विकास भन्छन्, 'यो हामी तीनै जनाको बाध्यता हो ।'
विनोद र विकासका तीन दाजु बैनीहरूको मात्र यस्तो बाध्यता हैन यहाँ । उनीहरू जस्ता झन्डै दुई सय बालबालिकाहरूको एउटै दिन चर्या छ । फरक यति मात्र हो कोही भारी बोक्छन्, कोही होटलमा काम गर्छन् त कोही सडकमै त्यतिकै डुलेर दिन बिताउँछन् । यस्ता बालबालिकाहरू अधिकांश दलित परिवारका रहेका छन् । विहान साँझ खाने खर्चको व्यवस्था हुन नसक्दा नै आपmना बालबालिकालाई विद्यालय पठाउन नसकेको अभिभावकहरू बताउँछन् । अभिभावकहरूमा छोराछोरी पढाउनुपर्छ भन्ने चेतना भए पनि विद्यालय पठाउन नसकेका गुनासो छ । छ वर्ष देखि तम्घासमा पल्लेदारी गरेर परिवार पाल्दै आएका मरेङ्ग ३ अर्घाखाँचीका लोकबहादुर दर्जी भन्छन् 'बिहानदेखि साँझसम्म पल्लेदारी गर्यो साँझ सबै परिवारलाई राम्रोसँग खान पुग्दैन कसरी पढाउने छोराछोरी ।' आर्थिक अवस्था कमजोर भएका परिवारका बच्चालाई छात्रबृत्तिको व्यवस्था भएको बारेमा भने आफूले कुनै जानकारी नपाएको समेत दर्जीले बताए ।
त्यस्तै प्यूठान अर्खा २ कै कमला परियारले आपmना ६ जना छोराछोरी कोही पनि स्कुल नगएको बताइन् । कापी किताब किन्ने पैसा नभएकै कारण छोराछोरी स्कुल पठाउन नसकेको उनको गुनासो छ । तम्घासमा प्यूठानको अर्खा, खलङ्गा, मच्छी, रजवारा, बाग्लुङ्गको दर्लिङ्ग, लगायतका विभिन्न गाविसबाट मजदुरी, पल्लेदारी लगायतका काम गर्न तम्घासमा भाडामा बसेका केटाकेटी, सडक बालबालिका र बालश्रमिकहरूको संख्या तीन सय भन्दा बढी छ ।











0 प्रतिकृयाहरु