Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

लाखौं रकम ठगि गरी फरार

Published on 11:20:00 PM //

 भरत पाण्डेय
काठमाण्डौमा रहेको एक सहकारी संस्थावाट १३ लाख भन्दा बढी रकम ठगी गरी फरार भएका गुल्मी जिल्ला तम्घास गाविस निवासी बसन्तकुमार श्रेष्ठलाई पक्राउ गर्न जिल्ला प्रशासन कार्यालय गुल्मीलाई उक्त संस्थाले पत्रमार्फत आग्रह गरेको छ ।

काठमाण्डौं स्थित ठमेलमा रहेको संयुक्त नागरीक बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडमा बजार प्रबद्र्धन सहायक पदमा कार्यरत श्रेष्ठले संस्थाका दस्यहरुको बचत खाताबाट भुक्तानी पुर्जामा किर्ते हस्ताक्षर गरि संस्थामा जम्मा गर्न सदस्यले दिएको करिब १३ लाख ८४ हजार १ सय २२ रु
पैयाँ ठगी गरी फरार रहेको उक्त सहकारी संस्थाले वताएको छ । रकम लिई फरार वनपछि श्रेष्ठ दम्पत्तिको खोजी गरी पक्राउ गर्न उक्त संस्थाले जिल्ला प्रशासन कार्यालय गुल्मीलाई पत्र मार्फत उक्त आग्रह गरेको हो । पत्रमा असोज ३ गतेदेखिनै श्रेष्ठ फरार रहेको उल्लेख गरिएको छ।
पत्र प्राप्त भएपछि जिल्ला प्रशासन कार्यलय गुल्मीले उनीहरुको खोजतलासका लागि जिल्ला प्रहरी कार्यलय गुल्मीलाई जानकारी दिएको प्रमुख जिल्ला अधिकारी परशुराम अर्यालले वताए ।


Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग