Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

लोक संस्कृति जोगाउ: सभाषद् थापा

Published on 8:20:00 PM //

 गगनशिला खड्का
एकीकृत नेकपा माओवादी गुल्मी क्षेत्र नं ३ का सभाषद चन्द्र बहादुर थापा सागरले नेपाल लोक सांस्कृतिक क्षेत्रमा अगाडी रहेकोले यसको संरक्षमा यूवाहरु लाग्नुपर्ने बताउनुभएको छ ।
दँशै समिती घमिरको आयोजनामा गुल्मीको घमिर गाविसको भानु पोखरमा विविध साँस्कृति कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले सो कुरा बताउनुभएको छ । सभाषद् थापाले हाम्रा लोक संस्कृतीले हामीलाई विश्वसामु चिनाएकोले यसभित्रका सकारात्कम कुराहरुलाई संरक्षमा यूवाहरुले नै जोड दिनुभयो ।
दँशै समिती घमिरका अध्यक्ष हिरा बहादुर अर्यालको सभापतित्व तथा गुल्मी क्षेत्र नं ३का एकीकृत नेकपा माओवादीका सभाषद् चन्द्र बहादुर थापाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा विभीन्न राष्ट्रिय कलाकारहरु सूर्य बहादुर अर्याल, छन्त बहादुर कार्की, बाबुराम पन्थी, बैकुण्ठ महत, बिमला थापा, सुमित्रा मुखिया, पुनम महतारा तथा ध्रुब कार्कीले आ –आफ्नो प्रस्तुति राख्नुभएको थियो ।
कार्यक्रम बेद प्रसाद पन्थीको स्वागत तथा प्रकाश पन्थीको सञ्चालनमा सम्पन्न भएको हाम्रा सहकर्मी राजेन्द्र पन्थीले जनाउनुभएको छ ।

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग