Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

बेवारिसे बम पड्किँदा एक बालक गम्भीर घाईते

Published on 3:23:00 AM //

पिएम मगर 
वालकले एक आपसमा चलाउँदै गरेको वम पड्किदा गुल्मीको दर्लामचौरमा एक बालक गम्भीर घाईते भएका छन् ।
दर्लामचौर गाविस वडा नं।-९ निवासी नामबहादुर कुमालको १६ वर्षीय छोरा छविलाल कुमालले आफ्नै घरको आँगनमा वम खेलाउँदै गर्दा सो वम पड्किए पछि उनी घाईते भएका हुन ।

    दशैँ पुर्णिमाको दिन छल्दी पनाहा खोलाको सिर्फू भन्ने ठाउँमा बेवारिसे अवस्थामा भेटिएको वम वालक छविलाल कुमाल लगायतका उनका साथीहरुले भेटाएर लगेको र आज चलाउने क्रममा वम पड्किएको बालककी आमाले वताउनुभयो । दिउँसो पड्किएको वमवाट उनको दाहिने हातको ५ वटै औंला टुकि्रनुका साथै छाती पेट र तिघ्रामा बमको छर्राले लागेको स्थानीय तोयनाथ सापकोटाले बताउनुभयो । उनलाई जिल्ला अस्पताल तमघासमा सामान्य उपचार पछि थप उपचारको लागि पाल्पा स्थित मिसन अस्पताल रिफर गरिएको अस्पताल श्रोतले जनाएको छ । वम किन र कस्ले राखेको भन्ने विषयमा अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरिक्षक पदमप्रसाद सुवेदीले जानकारी गराउनुभयो ।
    

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग