Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

'माओवादीले हिंसा र एमालेले दोधारे नीति त्यागेमात्र सहमति'

Published on 3:14:00 AM //

सङ्घीय व्यवस्था संसदीय मामिला संविधानसभा तथा संस्कृति मन्त्री डा मिलेन्द्र रिजालले एकीकृत नेकपा माओवादीले हिँसा र हतियारको राजनीति नत्यागेसम्म नेपाली काँग्रेसले उसको नेतृत्व स्वीकार गर्न नसक्ने बताउनुभएको छ ।

गुल्मीको दरवारदेवीस्थान गाविसमा हिजोदेखी सन्चालन हुन लागेको श्रीमद् भागवत् महापुराण ज्ञान महायज्ञको उद्घाटन गर्न गुल्मी आइपुग्नुभएका मन्त्री रिजालले नेपाली काँग्रेस गुल्मी र नेपाल प्रेस युनियनले सदरमुकाम तम्घासस्थित पार्टी कार्यालयमा आयोजना गरेको कार्यकर्ता तथा पत्रकार भेटघाट कार्यक्रममा उहाँले उक्त कुरा बताउनुभएको हो ।

उहाँले प्रधानमन्त्रीमा रामचन्द्र पौडेलको उम्मेदवारी जारी रहेका कारण संविधान निर्माण र शान्ति प्रकृयामा सहमति बनाउन माओवादीलाई दवाव परेको बताउँदै शान्ति प्रकियालाई निष्कर्षमा पुर्याउनका लागि पनि पौडेलको उम्मेदवारी कायमै रहने बताउनुभयो ।

माओवादी उल्टो बाटोमा हिँडेकाले मुलुकले निकास पाउन नसकेको समेत उहाँको भनाइ थियो । हिँजै मन्त्री रिजालले गुल्मीको धार्मिक ऐतिहासिक तथा पर्यटकीय क्षेत्र रेसुङ्गाको समेत भ्रमण गरी रेसुङ्गा क्षेत्रको विकासमा आफूले सक्दो सहयोग गर्ने प्रतिबद्धतासमेत व्यक्त गर्नुभयो ।


0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग