Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

बन्दीको भाइटीका

Published on 12:19:00 PM //

भाइटीकाका अवसरमा जिल्ला कारागार गुल्मीका बन्दीले पनि आफ्ना दिदीबहिनीको हातबाट टीका लगाउनुाका साथै देउसीभैलो खेलेर खुसियाली मनाएका छन् ।

उनीहरुलाई टीका लागाइदिन भनेर टाढाटाढाबाट आएका उनिहरुका दिदीबहिनी तथा कारागारभित्रका बन्दी महिलाले समेत कारागारमा रहेका आफ्ना दाजुभाइलाई टीका लगाई सगुन खुवाउनाका साथै उपहार दिँदै दीर्घायुको कामना समेत व्यक्त गरे । विभिन्न प्रकृतिका घटनाका कारण आफूले बन्दी जीवन बिताउन बाध्य बने पनि वर्षको एकपटक यसरी आफ्ना दिदीबहिनीको हातबाट टीका थाप्न र उनीहरुसँग भेटघाट हुन पाउँदा आफूहरु निकै खुसी भएको उनीहरुले बताएका छन् । तीस बन्दी राख्ने क्षमता रहेको जिल्ला कारागार शाखा गुल्मीमा हाल ४७ पुरुष र आठ महिला बन्दी छन् ।


Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग