Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

बढ्न थालयो बाँदर आतंक

Published on 2:53:00 PM //

सीता भण्डारी
गुल्मीको जोहाङ र अर्खले गाविसमा केही समय यता बढेको बाँदर आतङ्कले गाउँवासी आतङ्कित हुन थालेका छन । 
जोहाङ्ग गाविस वार्ड नं. ५ बेलवोट गाउँमा बाँदरले स्थानीयवासीलाई सताएपछि वाँदर नियन्त्रणका लागि प्रहरी गुहार्न थालेका छन् । गत केही महिनादेखि वाँदरले खेतीपाती सखाप पार्नुका साथै खेतवाली वाटोघाटो हिडिरहेका वालवच्चा, महिला पुरुषलाई समेत झम्टिने र र्घाईते तुल्याउने गरेपछि स्थानीय उमाकान्त ज्ञवाली लगायतका गाउँवासी प्रहरीमा मौखिक उजुरी लिएर आएको जोहाङ्ग प्रहरी चौकीका इनचार्ज प्रहरी सहायक निरीक्षक रामवहादुर वानियाले वताउनुभयो । यतिवेला सो गाउँमा वाँदरको आक्रमणलाई वाघको संज्ञा दिँदै गाउँवासी आतङ्कति हुने गरेको वताईएको छ । प्रहरी सहायक निरीक्षक वानियाँले आफुहरु वाँदर आतङ्कति क्षेत्रमा पुगी त्यसले पुर्‍याएको क्षतिवारे जानकारी लिने वताउनुभयो ।

यता अर्खले गाविसमा पनि वाँदरको विगविगीले कृषकहरुलाई आतङ्कति वनाएको छ । अर्खले गाविस वार्ड नं. २ मा पनि खेतीवालीमा त वाँदरले सताउनु स्वभाविकै हो आजकल घरभित्रै पसेर स्याहारेको वाली समेत खाने गर्न थालेपछि कृषक हैरानीमा परेका हुन् । केही वर्षअघिसम्म वाँदर हेर्न विहानदेखि वेलुकासम्म वालवालिका खर्टाईने गरिन्थ्यो तर आजकल वाँदर वाघ जस्तै आक्रामक वन्न थालेपछि वाँदर लखेट्न गाउँवासीहरु मिलेर पालैपालो गस्ती गर्न थालेका छन् । वाँदरले विशेष त वाललालिका र महिलालाई आक्रमण गर्ने गरेको छ ।
वाँदरले खेतवारी तथा घर भित्र मात्र नभई भर्खरै पाक्न लागेका सुन्तलाको वोटमा समेत चढेर खाने र वोट हल्लाईदिने गरेपछि यसपाली सुन्तलाको आम्दानीमा ठुलो गिरावट आउने स्थानीय कृषक ठाकुर मरासिनीले गुनासो गर्नुभएको छ । उहाँले वाँदर नियन्त्रणका लागि गाउँवासी हैरानी भएकोले अव प्रशासनिक निकायवाटै केही पहल गर्नुपर्नेमा जोड् दिनुभयो ।

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग