Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

मालिका महोत्सवको तैयारी पुरा

Published on 2:43:00 PM //

 सीता भण्डारी
गुल्मीको कुर्घा गाविसमा रहेको मालिका क्षेत्रमा मालिका महोत्सव हुदैछ । महोत्सवको लागि सम्पुर्ण तैयारी पुरा भएको महोत्सव आयोजक समितिले जनाएको छ ।
गुल्मीको विशेष महत्व वोकेको स्थानको रुपमा कुर्घा गाविसमा रहेको मालिका मन्दिर पनि एक हो । भोली दिनभर मालिका मन्दिरमा भक्ति भजनका साथ पुजा आरोधना हुने साथै विभिन्न सांस्कृतिक कार्यक्रम हुने वताईएको छ । मेला भर्नका लागि गुल्मीको कुर्घा, वामीटक्सार, पौदी अमर्राई, तुराङ्ग, वडागाउं, पराल्मी, वलिथुम, अर्लाङ्गकोट लगायतका गाविसहरुवाट मानिसहरु जाने गर्दछन् । त्यति मात्र होईन वाग्लुङ्ग, प्यूठान लगायतका क्षेत्रवाट पनि भाकल चढाउन साथै पुजा आरोधनाका लागि मालिका मन्दिरमा पुग्ने गर्दछन् । मालिका माईको पुजा आरोधना तथा भाकल गरिसकेपछि मनोकांक्षा पुरा हुने धार्मिक विश्वास पनि रहि आएको छ ।
महोत्सवको लागी आजदेखि नै चहलपहल निक्कै वढेको छ । धार्मिक मेला मात्र नभई व्यापार व्यावसायमा पनि वृद्धि हुने वताईएको छ । मालिका महोत्सवको समाचार संकलनका लागि जिल्लाका पत्रकार तथा सञ्चारकर्मीहरु पनि सो क्षेत्रमा पुगीसकेका छन् ।

फोटो: फेसबुक मालिका मन्दिर, कुर्घा समुहबाट  

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग