Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

पर्यटकीय सम्भावना बोकेको गुरुङ्ग बस्ती विकास नहुँदा ओझेलमा

Published on 3:57:00 PM //

घनश्याम गौतम
कुर्घा (गुल्मी)– जिल्लामै आन्तरीक र बाह्य पर्यटनको सम्भावना बोकेको जिल्लाकै एक मात्र गुरुङ्ग बस्ती विकास अभावमा ओझेलमा परेको छ ।

कुर्घाको १ र २ वार्डमा रहेको ४० घर गुरुङ्ग समाज होमस्टे सहितको प्रर्यटन विकासका लागि निकै आर्कषक छ । ठुलो पहाडको फेँदिमा चारैतिर उपत्यकाले घेरिएको सानो गाउँ हेर्दा निकै चिटक्क परेको छ । दुई वार्डमा खर, ढुङ्गा र टिनका छाना भएका घर र आफ्नै भेषभुषामा सजिएका गुरुङ्ग समुदायले गाउँलाई थप आर्कषक बनाएको छ । गुरुङ्ग गाउँ आफ्नो भेषभुषा लगाउने र आफ्नै भाषा बोल्ने जिल्लाको एक मात्र गाउँ हो । दुई वार्डमा जम्मा ४० घर छन । अधिकांश शिक्षित परिवार रहेको गाउँको  जनसंख्या मात्र ३ सय छ ।
चारै तिर उपत्यकाले घेरिएको धार्मिक स्थल सालिमेदहको फेँदमा र मालिका मन्दिरको शिरमा गुरुङ्ग बस्ती रहेकाले पनि यहाँ धेरै पर्यटकिय सम्भावनाहरु रहेको कुर्घाका समाजसेवी ज्ञानहरी सापकोटाले बताए । पर्यटकिय सम्भावनाहरु धेरै भएपनि खानेपानी, शिक्षा र सडकको समस्याका कारण गाउँ ओझेलमा परेको हो । जिल्लाकै एक मात्र गुरुङ्ग गाउँको अवलोकन गर्न पुगेका प्रमुख जिल्ला अधिकारी परशुराम अर्यालले पनि धेरै सम्भावना बोकेको गुरुङ्ग गाउँ विकासमा पछाडी परेको बताए । ‘विकास गर्न सके जिल्लाकै प्रमुख पर्यटकीय गन्तब्य बन्न सक्छ’, प्रजिअ अर्यालले भने, ‘शिक्षा, स्वास्थ्य र खानेपानीको विकास गर्नु जरुरी छ ।’
कुर्घाका पुर्व उपाध्यक्ष ७१ वर्षिय गंगाबहादुर गुरुङ्गका अनुसार कुर्घाको स्वाँरमा कास्कीको घान्द्रुङ्ग गाउँबाट आएका गुरुङ्गहरुले बस्ती बसाएका हुन् ।
गाउँमा तोर्जे, तेल्मे, मोर्मे, लेगे, रिला, गबु, लगायतका गुरुङ्गहरुको बसोबास छ । ‘केटाकेटीले पढ्न दुःख पाएका छन्’, गुरुङ्गले भने, ‘स्वास्थ्य, बाटो, खानेपानीको समेत समस्या छ ।’ सबै सुविधाको विकास भएमा गाउँमा आन्तरिक र बाह्य पर्यटक भित्र्याउने गरी अन्य विकास गर्न आफुहरु तयार रहेको तमु रोदी युवा परिवारका सहसचिव सुर्या गुरुङ्गले बताईन । गाउ“लेहरुले गाउँमै  पहिलो पटक पुगेका प्रमुख जिल्ला अधिकारी, संचारकर्मी, राजनीतिक दल लगायतलाई भब्य स्वागत गरे । गुरुङ्ग भाषामै लेखिएको ‘छ्याजलो’ स्वागतद्वारमा गाउँका सबै गुरुङ्गहरु आफ्नै भेषभुषामा सजिएर स्वागत गरेका थिए । ‘हामीले पाहुनाहरुलाई यसरी स्वागत गरेको पहिलो पटक हो’, स्वागतद्वारमा गाउँका सबै गुरुङ्गहरु आफ्नै भेषभुषामा सजिएर स्वागत गरेका थिए । ‘हामीले पाहुनाहरुलाई यसरी स्वागत गरेको पहिलो पटक हो’, गाउँकै अर्का यमबहादुर गुरुङ्गले भने ।

गाउँको युवा क्लबले आन्तरिक पर्यटनको विकास गर्न र पाहुनाहरुको स्वागत सत्कारका लागि झण्डै २ लाखको लागतमा भवन समेत बनाएका छन् । ‘पर्यटन विकासका लागि कसैले सहयोग गरेमा युवा क्लब, आमा समुह र गुरुङ्ग समुदाय सबै मिलेर अन्य काम गर्न तयार छौं ।’ जनप्रतिनिधि समेत रहेका गंगाबहादुरले भने । रिडी रुद्रवेणी वामीटक्सार सडक खण्डको भुवाचिदीबाट झण्डै १० किलो मिटर उकालोबाटोबाट हिडेपछि गुरुङ्ग गाउँमा पुग्न सकिन्छ । स्थानीय कमला शर्माले गाउँका गुरुङ्गहरु पर्यटकीय विकासका लागि काम गर्न तयार रहेपनि अन्य निकायले कुनै सहयोग नगरेकै कारण गुरुङ्ग गाउँ पछाडी परेको बताईन । ‘शौचालय देखि सडकसम्मको पुर्वाधार तयार गर्न सकेमा मात्र पनि गाउँमा धेरै आर्कषण बढ्न सक्छ ।’, शर्माले भनिन् ।

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग