Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

‘देशमा सर्वसत्ता र अधिनायकवादको खतरा छ’

Published on 6:12:00 PM //

घनश्याम गौतम
गुल्मी– राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले राजनीतिक दलहरु गलत बाटोबाट हिंडेकाले देशमा सर्वसत्तावाद र अधिनायकवादको
खतरा बढेको बताएका छन् ।

राप्रपा नेपालले मंगलबार तम्घासमा आयोजना गरेको आमसभामा बोल्दै नेता थापाले संविधान सभा तिन राजनीतिक दलका नेताको रबर स्टाम्प बनेको समेत आरोप लगाए । ‘दलहरुको उद्देश्य शान्ति र संविधान सहि भएपनि हिंड्ने बाटो गलत छ’, नेता थापाले भने, ‘काँकडभित्ताका लागि बस चढेका दलहरु अहिले महेन्द्रनगर पुगेका छन् ।’ अझै पनी दलहरुलाई कता लाग्ने भन्ने थाहा नहुँदा देश अहिलेको अवस्थामा पुगेको उनको आरोप छ ।
नेता थापाले घुमाउरो पाराले भारत र राष्ट्रपतिको समेत चर्को आलोचना गरे । माओवादी नेतृत्वमा सरकार बन्न नदिनु भारतको हस्तक्षेप भएको र राष्ट्रपतिले आफ्नै मर्यादा बिर्सदा प्रधानमन्त्रीको चयन हुन नसकेको समते आरोप लगाए । सरकार र राजनीतिक दलहरुले किर्ते काम गरिरहेको उनले बताए । ‘प्रधानमन्त्रीको राजिनामा स्वीकृत गरेर प्रधानमन्त्री छान्न संसदलाई निर्देशन दिने’, नेता थापाले प्रति प्रश्न गरे, ‘अनि फेरी तिनै राजीनामा स्वीकृत गरेका प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले संसद अन्त्य गर्ने यो कस्तो व्यवस्था हो ? राष्ट्रपतिको नियतमाथि नै शंका गर्ने बेला आएको छ ।’ संविधान सभा मन्त्री कुट्ने र बजेट खोस्ने निर्लज्ज नाटक मञ्चन गर्ने थलो बनेकोमा समेत उनेले चिन्ता व्यक्त गरे । ‘संसदको घटनाले सारा नेपालीको शिर निहुरिएको छ’, उनले भने, ‘सभाषदहरु संविधान बनाउन भन्दा पनि ताण्डव नृत्य नाच्न र गाईजात्रा देखाउन ब्यस्त छन भन्ने पुष्टी गरेको छ ।’ सभाषदहरुको यस्तो व्यवहारले संविधान निर्माण गर्ने र दिगो शान्ति स्थापना गर्ने भन्दा पनि राष्ट्रियता र प्रजातन्त्र दुवै संकटमा पारेको नेता थापाको जिकिर थियो ।
नेता थापाले माओवादीहरुले विस्तारित बैठकबाट संसदमा ठुलो पार्टी हुँदा समेत सरकारको नेतृत्व गर्न नदिने विदेशी प्रभुलाई राम्ररी बुझ्न आग्रह गरे । विदेशी प्रभु र छिमेकी तत्व भन्दै लामो समय भारतको विरुद्धमा खर्चेका थापाले नाम भने उच्चारण गरेनन् । ‘आज ४० प्रतिशत हुँदा सरकार निर्माण गर्न नदिने शक्तिले भोली ६० प्रतिशत वा बहुमत ल्याएपनि सरकार बन्न नदिन सक्छ’, नेता थापाले भने, ‘त्यो विदेशी तत्वले भोली एमाले, कांग्रेस, राप्रपा नेपाल र सबै नेपालीमाथि यस्तै व्यवहार गर्नेछ, त्यही अनुसार सबैले बुझे हुन्छ ।’ नेता थापाले आर्थिक समृद्धी र विकासका कुरा सपनामा मात्र सिमित भएको बताए । संविधान सभाको मर्यादा जोगाउन, सर्वसत्ता र अधिनायकवाद रोक्न, राष्ट्र र राष्ट्रियता बचाउन राजा देखि माओवादीसम्म सबै अटाउन सक्ने व्यवस्था मात्र सहि निकास हुने नेता थापाले दावी गरे । ‘राजा देखि माओवादीसम्म सबै
अट्ने व्यवस्थाले मात्र यी सबै कुराको अन्त्य गर्न सक्छ’, नेता थापाले भने । ४ वर्षको अवधीमा नेपालमा १० जनताले धर्म परिवर्तन गरेको दावी गर्दै त्यसको सबै भन्दा बढी मारमा दलित, जनजाती र आदीवासी परेको उल्लेख गरे । ‘त्यसैले पनि राप्रपा नेपालले हिन्दुराष्ट्रको माग गरेको हो’, उनले थपे,‘हिन्दु राष्ट्रमै तपाई हाम्रो सबैको भविष्य निश्चित छ ।’

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग