Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

चकलेटमा नसालु पदार्थ मिसाई खुवाइ लुटपाट गर्ने पक्राउ

Published on 4:19:00 AM //

चकलेटमा नसालु पदार्थ मिसाई खुवाएर नगद तथा मोवाइल लुटपाट गर्ने ४ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा गुल्मी अमरपुर– २ घर भएका २४ बर्षीय बाबुराम कुमाल, १७ बर्षीय सावे कुमाल, ३१ बर्षीय देव बहादुर कुमाल र २० बर्षीय चेत बहादुर कुमाल रहेका छन् ।
उनीहरुले मंसिर १० गते साँझ काठमाडोँ गंगबु–४ स्थित गुल्मी जिल्ला कुर्घा–७ घर भएका २१ बर्षीय लोक बहादुर रायमाझीलाई चक्लेटमा नसालु पदार्थ मिसाई खान दिई अचेत बनाई साथमा रहेको नगद १२ हजार रुपैया र मोवाईल लुटपाट गरेका थिए ।
उक्त घटनाको खवर प्राप्त भएपछि पिडितले बताएको हुलियाको आधारमा लुटेराहरुको खोजतलास गर्ने क्रममा मंसिर ११ गते विहान काठमाडौँ महानगरपालिका– ४ स्थित शंकास्पद अवस्थामा लुकिछिपी हिडिरहेको अवस्थामा प्रहरीले फेला पारी सोधपुछ गर्दा उक्त घटना आफुहरुले गरेको स्वीकार गरेका छन् । यस सम्बन्धमा प्रहरीले अन्य थप अनुसन्धान गरिरहेको छ ।

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग