Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

एमालेको अन्तरक्रिया कार्यक्रम सम्पन्न

Published on 4:23:00 AM //

 सीता भण्डारी

नेकपा एमाले क्षेत्रीय कमिटी क्षेत्र नं. २ को क्षेत्रस्तरीय अन्तरक्रिया कार्यक्रम एमाले पाटीकार्यालय तम्घास गुल्मीमा सम्पन्न भएको छ ।
कार्यक्रममा प्रमुख अतिथी एवं अञ्चल समन्वय कमिटी लुम्विनीका सदश्य कमल श्रेष्ठले पाटीको नीति तथा कार्यक्रम र कमिटी एवं कार्यकर्ताको भुमिका र उपाध्यक्ष मधुकृष्ण पन्तले जिल्ला कमिटी, क्षेत्रीय कमिटीको योजना र कार्यन्वयन वारे प्रकाश पार्नुभएको थियो । क्षेत्रीय कमिटी अध्यक्ष देवनारायण ज्ञवालीको सभापतित्व एवं सचिवालय सदश्य जंग नेपालीको सञ्चालन रहेको कार्यक्रममा सचिवालय सदश्य हिरा एसी, यूवा संघका जिल्ला अध्यक्ष कृष्ण भण्डारी लगायतले मन्तव्य र क्षेत्रीय कमिटी सदश्य ढालवहादुर कार्कीले स्वागत मन्तव्य राख्नुभएको थियो ।
अन्तरक्रिया कार्यक्रममा जिल्ला कमिटी सदश्य सीता भुसाल, गनवहादुर गुरुङ्ग, सल्लाहकार परिषदका सदश्य डा. गोकर्ण पन्थी, महेश जि.सी र इलाका नं. ८ र ९ गाउँ कमिटीका अध्यक्ष, सचिव क्षेत्रीय कमिटी सदश्य गरी ३० जनाको सहभागिता रहेको थियो । यसैविच गुल्मीकै श्रृङ्गामा पनि क्षेत्रस्तरीय अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा प्रमुख अतिथि राष्ट्रिय प्रतिनिधि परीषदका सदश्य निलकण्ठ गौतमले पाटीको निति तथा कार्यक्रम, कमिटी रं कार्यकर्ताको भुमिकावारे प्रकाश पार्नुभएको थियो । कार्यक्रममा जिल्ला कमिटी अध्यक्ष बोमवहादुर खड्का, सचिवालय सदश्य कृष्ण सुनार, नर्मदा भण्डारी लगायतले मन्तव्य राख्नुभएको थियो । कार्यक्रम क्षेत्रीय कमिटी सचिव विष्णु पौड्यालको सभापतित्व, सदश्यर् इश्वरी ज्ञवालीको स्वागत मन्तव्य एवं सहसचिव भुवन टण्डनको संञ्चालनमा सम्पन्न भएको थियो ।

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग