Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

डिभी भर्नेहरूको ठूलो भीडभाड

Published on 5:18:00 AM //

देशभरि नै डि.भी भर्ने लहर चलेकै बेला गुल्मी जिल्लाको सदरमुकाम तम्घासमा पनि इन्टरनेट मार्फत् अमेरिकन आवासीय भिसा अथवा (डिभी) भर्नेहरुको ठूलो भीडभाड लाग्न थालेको छ ।


यो वर्ष असोज १९ गतेदेखि नै डि.भी. भर्न सुरु भएको थियो । बिगतका वर्षहरुमा डि.भी. भर्ने म्याद २ महिना हुने गरेको तर यो वर्ष १ महिनामात्र म्याद भएकाले पनि अन्तिम चरणमा आएर यस्तो भीडभाड बढेको हो । भीडमा युवाभन्दा बढी युवतीहरु देखा परेका छन् ।

१ सयमा भर्न पाइने उक्त ईडीभी धेरै जसोले आफ्नो भाग्य जाँच्नका लागि  पनि भर्ने गरेको बुझिएको छ । गुल्मीको सदरमुकाम तम्घासमा रहेका फास्ट कम्प्युटर, प्रकाश डिजिटल, रेसुङ्गा कम्प्युटर, आयोसिस साइबर, गण्डकी फोटो स्टुडियो लगायतका सेन्टरहरुमा डि.भी. भर्नेहरुको भीड लाग्ने गरेको छ ।

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग