Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

पत्रकारिता तालिम सम्पन्न

Published on 5:06:00 AM //

गुल्मीको श्रृंगामा अवस्थित रुरु मल्टीमिडिया प्रालिले आयोजना गरेको तीन दिने आधारभूत रेडियो पत्रकारिता तालिम सोमबार सम्पन्न भएको छ ।


एफएमको तेस्रो वार्षिक उत्सवका अवसरमा आयोजित तालिममा पाल्पा र गुल्मीका २० जनाले सहभागिता जनाएका थिए । एफएमका स्टेशन मेनेजर युगराज बस्याल, पत्रकार माधव अर्याल र अनिता श्रीनेतले तालिमका सहभागीलाई सहजीकरण गरेका थिए ।

रुरु मल्टीमिडिया प्रालिद्वारा सञ्चालित रुरु एफएम ९४.८ मेगाहर्ज दोस्रो वर्ष पूरा गरी तेस्रो वर्षमा प्रवेश गरेको अवसरमा तालिम आयोजना गरेको हो ।

भाषा, कला, संस्कृतिको प्रचार, गाउ“गाउ“मा सूचना र सञ्चार भन्ने मूल नारा बोकेर २०६५ साल कार्तिक १३ गते आफ्नो प्रसारण सुरु गरेको स्टेशन मेनेजर बस्यालले बताए ।



Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग