Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

अदुवा खेतीबाट वार्षिक २ लाख आम्दानी

Published on 2:55:00 AM //

गुल्मीका एक कृषकले अदुवा खेतीबाट वर्षेनी २ लाखभन्दा बढी आम्दानी गर्दै आइरहेका छन् ।
जिल्लाको दक्षिण भेगमा पर्ने ग्वादी गाविस वडा नं १ निवासी मंगल बहादुर रेगामी मगरले आफ्नो करिब २० हजार रुपैया बराबरको कोदो मकै उब्जनी हुने बारीमा अदुवा खेती गरेर वार्षिक २ लाख आम्दानी गर्दै आएका हुन् । दुई हल गोरुको मेलोमा कोदो मकै खेती गर्दा करिब २० हजार बराबरको उब्जनी हन्थ्यो, तीन महिना खाना पुर्याउन पनि मुस्किल पर्थ्यो, उक्त खेती छाडेर व्यवसायिक अदुवा खेती सुरु गरेपछि वार्षिक २ लाखभन्दा बढी आम्दानी लिने गरेको रेगामीको भनाइ रहेको छ ।

उनको अदुवाको एउटा बोटमा झण्डै पाँच किलोग्राम सम्मको अदुवाको फल्ने गरेको उनले बताए । ६ वर्ष अघि सात हजारको अदुवाको बीए खरिद गरेर व्यवसायिक अदुवा खेती सुरु गरेका रेगामीले पहिलो वर्ष २५ हजार बराबरको अदुवा बजारमा बेचेको बताउँछन् । सात हजारको बीउबाट २५ हजार आम्दानी भएपछि उनले अब यो अदुवा खेती बारीभरि गर्नुपर्छ भन्दै खेती गर्न शुरु गरेको बताउने मगरले अहिले बीउ मात्रै २५ क्विन्टल रोप्ने गरेको बताएका छन् । नयाँ (काँचो) अदुवाप्रति के.जी. २०-२५ रुपैंयाँ र सुकेको अदुवा प्रतिकेजी ३०-३५ रुपैंयाका दरले सजिलै बिक्री हुन्छ । यसबाट सरदर २ लाख वार्षिक आम्दानी हुन्छ ।

उनले आफू र त्यस भेगका अरु कृषकहरुले उत्पादन गरेको अदुवा बलेटक्सारबाट पाल्पाको डुम्रे संकलन केन्द्र हुदै भारतीय बजारमा पुग्ने गरेको बताएका छन् । मगरले अहिले अदुवा बारीको छेउछाउमा उँखु, केरा र कफी खेतीसमेत सुरु गरेका छन् । यसको आम्दानी भने आगामी वर्षदेखि लिने उनले बताए । रुरु गाविस, थोर्गा निवासी चोलानाथ ज्ञवालीको सल्लाहबाट आफूले यो व्यवसायिक अदुवा खेती गर्न सुरु गरेको बताउने रेगामीले स्थानीय अन्य कृषकहरुलाई समेत दुखिया खेती कोदो मकै गर्न छाडेर व्यवसायिक अदुवा खेती गर्न अनुरोध समेत गरेको बताउँछन् । उनको बारीमा फलेको अदुवा खेतीबाट यतिबेला त्यस क्षेत्रका अन्य कृषकहरु पनि व्यवसायिक अदुवा खेती गर्न थालेका छन् ।

कहिल्लै देश विदेश जाने सपना नदेख्ने गरेको बताउने रेगामीले एक डेढ लाख ऋण काढेर विदेश जानुभन्दा त्यो लगानीले अदुवा खेती गरे विदेशको आम्दानी घरै बसिबसि हुन्छ भन्दै भने कमाउनका लागि त्यसरी विदेश जान खोज्नेहरुलाई गाउँमै कुनै न कुनै ब्यवसायी खेती गर्नका लागि अफरले अनुरोध गर्ने गरेका छन ।

गुल्मी जिल्लाको त्यस क्षेत्रमा रहेका ग्वादी, बलेटक्सार, रुरुको थोर्गा, थानपति, हुँगा, बिरबास, दिगाम, गौंडाकोटलगायतका दर्जनौं गाविसका कृषकहरुले यतिबेला व्यवसायिक अदुवा खेतीबाट वार्षिक ५० हजारदेखि २ लाखभन्दा बढी आम्दानी लिने गरेका छन् ।

बुटवल टुडे दैनिकबाट

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग