Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

सहकारीमा चोरी

Published on 8:57:00 AM //

गुल्मी जिल्लाको ग्वादी गाविसमा सञ्चालित एक सहकारी संस्थामा शनिबार राति अज्ञात समूहले २ लाखभन्दा बढी नगद सहित संस्थाका केही सामानहरु चोरी भएका छन् ।

ग्वादी गाउँ विकास समिति वडा नम्बर २ ग्वादी माध्यमिक विद्यालयको हाताभित्र सञ्चालित जनचेतना बचत तथा ऋण सहकारी संस्था लिमिटेडको ताला फोरी २ लाख ६५ हजार ६ सय १० रुपैयाँ नगद चोरी भएको संस्थाले जनाएको छ ।  प्रत्येक महिनाको पहिलो हप्तामा विहीबार र शुक्रबार शेयर सदस्यबाट मासिक शुल्क संकलन गर्ने र किस्ता पुगेका ऋणीहरुबाट ऋण समेत उठाई शनिबारका दिन संस्थामा जम्मा गर्ने प्रावधान रहेको मौका छोपी उक्त रकम चोरी भएको संस्थाले जानकारी गराएको छ । चोरहरुको खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । पछिल्लो समयमा गुल्मीमा चोरी तथा लुटपाटका घटनाहरु बढिरहेका छन् ।


0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग