Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

"मुलुक असफल भए दोष माओवादीलाई"

Published on 1:59:00 PM //

रासस
गुल्मी (धुर्कोट), कार्तिक २८ - एमाले नेता केपी ओलीले माओवादीकै कारण सबै समस्याहरु देखा परेको उल्लेख गर्दै मुलुक असफल भए त्यसको दोष माओवादीले लिनुपर्ने बताएका छन् ।

एमाले प्रचार विभाग गुल्मीले तम्घासमा आयोजना गरेको पत्रकार सम्मेलनमा बैल्दै नेता ओलीले माओवादीका कारण देश स्थानीय निकायविहीन, सरकारविहीन र बजेटविहीन हुनुको साथै शान्ति स्थापना हुन नसकेको दावी गरे । 'अब देश असफल राष्ट्र बन्न गएमा त्यसको जिम्मेवारी पनि माओवादीले नै लिनुपर्दछ' उनले भने ।
उनले शान्ति प्रक्रियामा आइसकेपछि विगतमाजस्तो अराजक गतिविधि नगरी जिम्मेवार राजनीतिक पार्टी बन्न माओवादीलाई आग्रह गरे ।
उनले माओवादीले देशलाई असफल राष्ट्र बनाउन प्रयास गरेको आरोप लगाउँदै मुलुक असफल भएमा त्यसले कसैलाई पनि फाइदा नहुने पनि बताए ।
उनले एमालेले माओवादीलाई शान्ति प्रक्रियामा ल्याउनेदेखि अहिलेसम्म सहमतिको अधिकतम् प्रयास गरिरहेको तर सहमति हुन नसकेको र सहमति हुने अबस्था पनि नरहेको बताए ।
नेता ओलीले माओवादीको गैरजिम्मेवारी कार्यले संविधान निर्माण कार्य अवरुद्ध भएको बताउँदै हतियारसहितको माओवादीलाई कुनै हालतमा पनि सरकारको नेतृत्व दिन नसकिने बताए । 'सत्ता कब्जाको उद्देश्य राखेकाले माओवादीलाई कुनै हालतमा सरकार चलाउन दिँदैनौँ' उनले भने ।
माओवादीले बजेट पास गर्न नदिएर देशलाई असफल राष्ट्र बनाउने प्रयास गरेकाले अध्यादेश जारी गरेरै भए पनि बजेट ल्याउने उनको भनाइ थियो । 

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग